१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
६ वषमा पहिलो पटक मधेसको नेतृत्व गुमाउँदै जसपा – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमधेस प्रदेशमुख्य समाचारराजनीतिसूचना / प्रबिधिस्थानीय तह

६ वषमा पहिलो पटक मधेसको नेतृत्व गुमाउँदै जसपा

मधेस प्रदेश

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकार आज ढल्ने निश्चित प्राय: देखिएको छ ।

मुख्यमन्त्री यादवले आज प्रदेशसभामा विश्वासको मतको प्रस्ताव गर्दैछन् । तर उनले बहुमत सदस्यबाट विश्वासको मत पाउने सम्भावना न्यून छ । २०७४ मंसिरको चुनावपछि लगातार मधेश सरकारमा रहेको जसपा नेपालले पहिलो पटक मधेश प्रदेशमा बहुमत गुमाउने भएको हो ।

Nepal Himalayas Tours and Travel

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले गत वैशाख ३० गते समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने तयारी गरेका थिए । तर विश्वासको मत लिने अघिल्लो दिन हिजो मात्रै नेकपा एकीकृत समाजवादीले पनि सरकार छाड्ने निर्णय गरेपछि उनी थप अप्ठ्यारोमा परेका हुन् ।

एकीकृत समाजवादीबाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपाने र श्रम तथा यातायात मन्त्री बेची लुंगेलीले हिजो मुख्यमन्त्रीको सचिवालयमा राजीनामा बुझाएका थिए । योसँगै सरकारबाट समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई बुझाएका छन् ।

अब मधेशमा नेकपा एमाले, जनमत पार्टी, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सरकार गठन गर्ने तयारी गरेका छन् । एमाले, जनमत र माओवादी केन्द्रबीच यसअघि नै जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति भइसकेको छ ।

१०७ सदस्यीय मधेश प्रदेशसभामा एमालेका सभामुखसहित २५, जनमत पार्टीका १३, माओवादी केन्द्रका ८ र एकीकृत समाजवादीका ७ जना प्रदेशसभा सदस्य छन् । यो संख्या ५३ पुग्छ । १–१ सिट नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टी समेत जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने तयारी भएको हो ।

२०७९ साल मंसिर ४ गते भएको चुनावपछि मुख्यमन्त्री चुनिएका यादव डेढ वर्ष अवधिमा गठबन्धन फेरबदलका बाबजुद उनी सुरक्षित थिए । तर, गत वैशाख २३ मा केन्द्रीय गठबन्धनमा रहेको १२ सिटको जसपा अशोक राईसहितले ७ सांसदले फुटाएपछि कमजोर बन्यो । त्यस लगत्तै मधेशमा नयाँ सरकार बनाउन एमाले र माओवादी केन्द्रले ३० वैशाखमा सरकारबाट बाहिरिँदै जनमत, लोसपा सम्मिलित नयाँ सरकार बनाउने अभ्यासमा लागे ।

केन्द्रमा पाँच सिट मात्र बाँकी रहेको जसपा नेपाल सरकारबाट बाहिरियो । र उसले हरसम्भव मधेशमा रहेको आफ्नो सरकार बचाउन लागिरहे । एकीकृत समाजवादी मधेश सरकारमै यथावत, काँग्रेसले विश्वासको मत दिने संकेत र लोसपाले सहयोग गर्ने आशासहित सरकार बच्नेमा जसपा ढुक्क जस्तै थियो । तर, विश्वासको मत लिने पूर्वसन्ध्यामा एकीकृत समाजवादीले साथ छाडेपछि विपक्षमा बहुमत पुगेको छ ।

अब जनमत संसदीय दलका नेता महेशप्रसाद यादव मुख्यमन्त्री बन्ने निश्चित छ । उनी जसपाकै सरकारमा शिक्षा तथा संस्कृति मन्त्री थिए ।गठबन्धन दलहरुले आजै मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारीसमेत गरेका छन् ।

मधेश प्रदेशसभाको पहिलो पाँच वर्षे कार्यकालमा लालबाबु राउत मुख्यमन्त्री रहे । गठबन्धन फेरबदल र पार्टीको टुटफुट ब्यहोरेपनि मुख्यमन्त्रीबाट लालबाबु हट्नु परेन । त्यस बेला २९ सिटसहित उपेन्द्र यादवको संघीय समाजवादी फोरम मधेशको ठूलो पार्टी बनेको थियो । २५ सिटको महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) दोस्रो ठूलो दल थियो । दुई दलबीच एकता भयो र पछि पुन: विभाजन पनि भयो । विभाजन हुँदा उपेन्द्र यादव नेतृत्वको जसपासँग ३९ सांसद थिए ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button