३१ भाद्र २०८१, सोमबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
गत एक महीनामा ९० हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए - Nepal Rastra Khabar N
Banner NewsBanner news (with photo)अर्थव्यवस्थाताजा समाचारदेशपर्यटनप्रवासमुख्य समाचारसफलताको कथास्थानीय तह

गत एक महीनामा ९० हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । नेपाल पर्यटन बोर्डले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत मे महीनामा ९० हजार २११ जना विदेशी पर्यटक नेपाल आएका हुन्।

सन् २०२३ को तुलनामा यस वर्ष पर्यटक आगमन १६.१० प्रतिशतले वृद्धि भएको बोर्डले जनाएको छ। सन् २०२३ को मे महीनामा ७७ हजार ७०३ जना विदेशी पर्यटक नेपाल आएका थिए।

Nepal Himalayas Tours and Travel

कोभिड-१९ महामारीपूर्व ७८ हजार ३०० विदेशी पर्यटकले नेपालभ्रमण गरेका थिए। विदेशी पर्यटकको आगमन उत्साहजनक रहेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताए। “समग्रमा पर्यटक आगमन उत्साहजनक देखिन्छ। तुलनात्मक रूपमा भारत र अमेरिकाबाट धेरै संख्यामा पर्यटक भित्रिए पनि चीनबाट अपेक्षित रूपमा पर्यटक बढेका छैनन्,” लामिछानेले भने।

गत महीना झैं यस पटक पनि सबैभन्दा बढी छिमेकी मुलुक भारतबाट ३८ हजार २८८ जना पर्यटक नेपालभ्रमणमा आएका छन्। यस अवधिमा चीनबाट आठ हजार ३८१ जना पर्यटक नेपालआएका छन्। अमेरिकाबाट आठ हजार ५२७ पर्यटक नेपालभ्रमणमा आएको बोर्डले जनाएको छ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button