४ असार २०८१, सोमबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित गर्न मन्त्रिपरिषद्को बैठक बस्दै - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)अर्थतन्त्रअर्थव्यवस्थाताजा समाचारदेशप्राविधिक समाचारमुख्य समाचारराजनीतिसफलताको कथासूचना / प्रबिधि

आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित गर्न मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौँ । आज जेष्ठ १५ गते मंगलबारका दिन आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित गर्न मन्त्रिपरिषद् बैठक बस्दैछ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहान ११ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको हो।

Nepal Himalayas Tours and Travel

आजको बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेट स्वीकृत गर्नेबाहेक अन्य एजेन्डा नरहेको प्रधानमन्त्री स्रोतले जनाएको छ। मंगलबार दिउँसो १ बजे बस्ने संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट वाचन गर्दैछन्।

अर्थमन्त्रीले सांसदमार्फत सार्वजनिक गर्नुअघि मन्त्रिपरिषद्बाट बजेट प्रस्तुत सम्बन्धी प्रस्ताव स्वीकृत गराउनुपर्छ।

संयुक्त बैठकमा बजेट पेस भएपछि प्रतिनिधि सभा र राष्ट्रिय सभाका छुट्टाछुट्टै बैठकहरु बस्नेछन्।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button