१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
चितवन दुर्घटना अपडेट : १ किसोरको मृत्यु, २२ जना घाइतेमध्ये ५ जना गम्भीर – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारसुरक्षा/अपराधस्थानीय तहस्वास्थ्य

चितवन दुर्घटना अपडेट : १ किसोरको मृत्यु, २२ जना घाइतेमध्ये ५ जना गम्भीर

चितवन । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ मुग्लिन सडक खण्डको १७ किलोमा दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । दुर्घटनामा १७ वर्षीय किशोरको मृत्यु भएको छ ।

Nepal Himalayas Tours and Travel

मृतकको सनाखत नभएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले रातोपाटीलाई बताए । घाइतेहरूमध्ये ५ जनाको अवस्था गम्भीर छ । १३ जनाको मध्यम र ३ जनाको अवस्था सामान्य रहेको डीएसपी रिजालले जानकारी दिए ।

घाइते हुनेहरु अधिकांश प्युठान र अर्घाखाँचीका छन् । गए राति काठमाडौँबाट प्युठानतर्फ जाँदै गरेको बा.४ ख ९०८६ नम्बरको बस, नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना.३ ख ७९१५ नम्बरको डिब्बा ट्रक, काठमाडौँबाट बर्दिबास जाँदै गरेको ना.७ ख ३२४८ नम्बरको बस र वीरगन्जबाट काठमाडौँ आउँदै गरेको ना.६ ख ८९६८ नम्बरको बस आपसमा ठोक्किएको हो ।

घाइते हुनेहरूमा :
१. समिर के एम, २० वर्ष (प्युठान नगरपालिका–८)

२. मुनादेवी बुढाथोकी, ३५ वर्षीया (सारुमहारानी गाउँपालिका–४)

३. पदम थापा, ६० वर्ष (प्युठान)

४. पवित्रा दर्लामी, २९ वर्ष (अर्घाखाँची सितागंगा नगरपालिका–८)

५. सुरज सुनार, २५ वर्ष (प्युठान गौमुखी गाउँपालिका–७)

६. सुधन केसी, २८ वर्ष (प्युठान नौबैनी गाउँपालिका–७)

७. पुरन गिरी, २८ वर्ष (प्युठान झिम्रुम नगरपालिका–७)

८. तारापति बुढाथोकी, ३६ वर्ष (सारुमहारानी गाउँपालिका–४)

९. निर्मला भुषाल, ३६ वर्ष (प्युठान मालारानी गाउँपालिका–२)

१०. मनदेवी थापा, ५६ वर्ष (प्युठान ऐरावती गाउँपालिका–६)

११. निरज केसी, ३६ वर्ष (प्युठान नगरपालिका–१०)

१२. सुशील केसी, २१ वर्ष (प्युठान नगरपालिका–१०)

१३. पार्वता केसी, ५३ वर्ष (प्युठान नगरपालिका–८)

१४. सलिसा थापा, १८ वर्षीया (प्युठान नगरपालिका–८)

१५. प्रकाश केसी, ३८ वर्ष (प्युठान नगरपालिका–१)

१६. प्रतिभा भण्डारी, १७ वर्ष (प्युठान नगरपालिका–४)

१७. सन्तोष केसी, २५ वर्ष (प्युठान गनरपालिका–८)

१८. लाम बहादुर दर्लामी, ४९ वर्ष (अर्घाखाँची सितगंगा नगरपालिका–८)

१९. दिपक सुनार, २९ वर्ष (प्युठान गौमुखि गाउँपालिका–३)

२०. गौरव झाक्री, ३२ वर्ष (नौबहिनी गाउँपालिका–३)

२१. राजन सुवेदी, २१ वर्ष सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका (ट्रक चालक)

२२. सुवास कार्की, २६ वर्ष सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–५ (ट्रक चालक)

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button