१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
भारतको गुजरातमा पार्कमा आगलागी हुँदा २२ जनाको मृत्यु – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)अन्तरास्ट्रियताजा समाचारबिचित्रसुरक्षा/अपराधस्थानीय तह

भारतको गुजरातमा पार्कमा आगलागी हुँदा २२ जनाको मृत्यु

भारत । भारतको पश्चिमी राज्य गुजरातमा शनिबार एउटा मनोरञ्जन पार्कमा भएको भीषण आगलागी मा परी मृत्यु हुनेको संख्या २२ पुगेको अधिकारीले जनाएका छन् साथै धेरै घाइते भएको इण्डिया टुडेले जनाएको छ ।

Nepal Himalayas Tours and Travel

यो घटना गुजरातको राजकोट जिल्लाको गो–कार्टिङ, बलिङ र अन्य साहसिक खेलहरू जस्ता मनोरञ्जन गतिविधिहरूको हब ‘टीआरपी गेमिङ जोन’ मा भएको बताइएको छ ।

उक्त घटनामा घाइते भएका सबैजनालाई आवश्यक उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ । आगलागी को कारण भने अहिलेसम्म थाहा हुन सकेको छैन ।

टीआरपी गेमिङ जोन भित्रको अस्थायी संरचना आगोको बीचमा ध्वस्त भएको र अन्य केही व्यक्ति भग्नावशेषमा फसेका हुनसक्ने स्थानीय अग्नि अधिकारीले बताए ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button