३१ भाद्र २०८१, सोमबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
काठमाडौंका उद्योग सार्न ५ सय रोपनी जग्गा आवश्यक - Nepal Rastra Khabar N
Banner NewsBanner news (with photo)अर्थतन्त्रअर्थव्यवस्थाताजा समाचारदेशबिचारमुख्य समाचारविचार दृष्टिकोणसूचना / प्रबिधिस्थानीय तह

काठमाडौंका उद्योग सार्न ५ सय रोपनी जग्गा आवश्यक

काठमाडौं । जुत्ता उत्पादक संघ नेपालले जुत्ता चप्पलमा चोरी पैठारी बढेकाेले यसकाे नियन्त्रण आवश्यक रहेको बताएको छ ।

आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा जुत्ता उत्पादक संघको तर्फबाट सुझाव तथा माग राख्दै संघले ५५ प्रतिशत जुत्ता चप्पल चोरी पैठारी भएर स्वदेश भित्रिरहेको जानकारी गराएकाे छ ।

Nepal Himalayas Tours and Travel

‘वर्षमा ४ करोड जुत्ताचप्पल आयात हुन्छन्, जसमा २ करोड बढी जुत्ताचप्पल चोरी पैठारीबाट आयात हुन्छन्, जुत्ता चप्पल प्रतिनिधि पात्र मात्रै हो । ५५ प्रतिशत चोरी पैठारीबाट आयात हुँदा टिक्न असाध्यै गाह्रो स्थिती छ,’ संघका अध्यक्ष रूद्र न्यौपानेले भने, ‘५५ प्रतिशत भनेको बहुमत हो । चोरी पैठारीको बहुमत हुँदा यस विरूद्ध बोल्न पनि गाह्रो भइसक्यो ।’

भाषणमा भन्सार दर बढाउने/घटाउने, लक्ष्य तोक्ने लगायतका विषय हेर्दा सबै राम्रो देखिए पनि कार्यान्वयनमा भने सुस्तता छ । गत वर्षको बजेटमा फूटवेयरमा प्रयोग हुने कच्चा पदार्थ सेलमा १ सय प्रतिशत कट्टि गरिएको हुँदा स्वदेशी फूटवेयर उद्यमी ठूलो मारमा परेको उनको भनाइ छ । उनका अनुसार पुरानो व्यवस्था १० प्रतिशत भन्सार दर कायम गर्नुपर्छ ।

फूटवेयरमा आयात हुने सबै खाले कच्चा पदार्थमा अन्तःशुल्क नलाग्ने गरी आयात गर्ने व्यवस्था मिलाउनु पर्ने र उद्योग विभागबाट सिफारिस लिने परिपाटी झन्झटिलो भएको हुँदा खारजे गर्नु पर्ने उनको भनाइ छ । साथै, फूटवेयरमा प्रयोग हुने सबै प्रकारका कच्चा पदार्थमा ५ प्रशित भन्सार लगाई स्वदेशी फूटवेयरलाई थप प्रतिस्पर्धी बनाउनुपर्ने उनले बताए ।

यस्ता छन् बजेटमा माग:

१. फूटवेयर उद्योगहरू अधिकांश महानगर भित्र अवस्थित रहेको हुनाले ती क्षेत्रमा व्यापक वस्ती विकास भई जनधनत्व बढेको र हाल काठमाडौं महानगरले उद्योग अन्यत्र सार्न छलफल समेत चलाइसकेको हुँदा काठमाडौं जिल्लालाई प्राथमिकतामा राखेर यससँग जोडिएका जिल्लास्थित उपयुक्त स्थानमा ५ सय रोपनी जति जग्गा दीर्घकालीन लिजमा उपलब्ध गराई फूटवेयर औद्योगिक ग्राम स्थापना गरिदिनुपर्ने । साथै, औद्योगिक ग्राम निर्माण गर्न स्थानीय निकाय मार्फत डीपीआर प्रोजेक्ट तयार गर्न आवश्यक बजेट समेत व्यवस्था गरिदिनु पर्ने ।

२. अधिकांश उद्योगहरू फूटवेयरमा पुरानो प्रविधिवाट उत्पादनमा निर्भर भइरहेको र हाल विश्व बजारमा नयाँ-नयाँ प्रविधिको विकास भईरहेको हुनाले नेपालमा स्थापित साना घरेलु तथा मझौला उद्योगहरूको उक्त प्रविधि खरिद गर्न सक्ने क्षमता नभएकाले प्रति उद्योग ७५ प्रतिशतसम्म अनुदानमा ५० लाख रपैयाँसम्मको नयाँ प्राविधिका मेशिन औजार खरिद गर्न अनुदान उपलब्ध गराउनुपर्ने ।

३. नेपाली फूटवेयर उद्योगमा हाल पनि लगभग ५० प्रतिशत विदेशी कामदारबाट उत्पादन भईरहेको हुनाले यस क्षेत्रमा उक्त विदेशी कामदार प्रतिस्थापना गर्दा झण्डै ५० हजार नेपालीले रोजगारी प्राप्त गर्न सक्ने हुँदा नयाँ कामदारलाई सीप तालिमको लगि आवश्यक बजेट विनियोजन गर्नुपर्ने र एक कामदारलाई दक्ष बनाउन ९० हजार रुपैयाँ खर्च लाग्ने हँदा पीपीपी मोडलमा ३० प्रतिशत सम्बन्धित उद्योगले बेहोर्ने गरी ७० प्रतिशत रकमको व्यवस्था गरिदिनु हुन र यो कार्यक्रम संचालन गर्न आर्थिक वर्ष २०८१/८२ को ५ सय कामदारलाई तालिमको व्यवस्था गर्न आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने ।

४. अन्तर्राष्ट्रिय फूटवेयर औद्योगिक प्रर्दशनी प्रदेश अन्तर्गत फूटवेयर प्रर्दशनी आयोजना गर्न ३० लाख रुपैयाँ बजेट विनियोजन गर्नुपर्ने ।

५. स्वदेशी जुत्ता, चप्पल उद्योगको प्रवद्र्धनका लागि संघीय, प्रदेश र स्थानिय तहसम्मका सरकारी/अर्धसरकारी/संस्थान, सुरक्षा निकाय लगायतमा कार्यरत कर्मचारीले स्वदेशी जुत्ता, चप्पल अनिवार्य रुपमा प्रयोग गर्न आवश्यक व्यवस्था मिलाउनु पर्ने ।

६. बागमती प्रदेश अन्तर्गत फूटवेयर क्षेत्रको योगदान कति छ, कति रोजगारी छ, कति लगानी रहेको छ, बैंक लगानी कति छ, निजी लगानी कति छ, हाल राजस्वमा कति योग्दान रहेको छ ? आदिबारे विस्तृत सर्वेक्षण गर्न आवश्यक २५ लाख बजेट विनियोजन गर्नुपर्ने ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button