१९ मंसिर २०८१, बुधबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
दोलखाका सन्तु टेबलटेनिसबाट २०२४ को पेरिस ओलम्पिकमा‌ छनोट हुने पहिलो नेपाली
Banner NewsBanner news (with photo)अन्तरास्ट्रियखेलकुदताजा समाचारदेशमनोरञ्जनमुख्य समाचारसफलताको कथा

दोलखाका सन्तु टेबलटेनिसबाट २०२४ को पेरिस ओलम्पिकमा‌ छनोट हुने पहिलो नेपाली

काठमाडौं । दोलखाका सान सन्तु श्रेष्ठ टेबलटेनिसबाट ओलम्पिकमा‌ छनोट हुने पहिलो नेपाली बनेका छन्। टेबलटेनिस खेलाडी सन्तु श्रेष्ठले सन् २०२४ को पेरिस ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्दैछन् । बुधबार काठमाडौंमा भएको दक्षिण एसियाली क्षेत्रीय छनोट प्रतियोगितामा विजयी हुँदै श्रेष्ठ ओलम्पिकका लागि छनोट भएका हुन् ।

Nepal Himalayas Tours and Travel

त्यसअघि आजै संयोग र सन्तु फाइनल पुगेसँगै इतिहासमै ओलम्पिकमा छनोट हुने तेस्रो नेपाली खेलाडी बन्ने पक्का भएको थियो ।

सेमिफाइनलमा श्रीलंकाका दुई खेलाडीलाई पराजित गर्दै श्रेष्ठसँगै संयोग कपाली पुरुष छनोटको फाइनलमा पुगेपछि नेपालको ओलम्पिक प्रवेश पक्का भएको थियो । त्यसपछि श्रेष्ठ र कपालीले ओलम्पिकमा नेपालको स्थानका लागि प्रतिस्पर्धा गरे ।

सेमिफाइनलमा कपालीले पहिलो चार सेट लगातार जित्दै चमेरा जिनिगेलाई हराएर फाइनलमा पुगेका थिए भने श्रेष्ठले जयशंका डी सिल्भालाई ४–२ सेटमा पराजित गर्दै फाइनलमा पुगेका थिए ।

सेमिफाइनलमा दुई जितपछि श्रेष्ठ र कपालीले खचाखच भरिएको राष्ट्रिय टेबलटेनिस ट्रेनिङ सेन्टरको कभर्ड हल अगाडि देशको प्रतिनिधित्व गर्ने अवसरका लागि प्रतिस्पर्धा गरे ।
महिला तथा पुरुषतर्फको फाइनल खेलमा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठसहित राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ पनि पुगेका थिए ।

यसैबीच श्रेष्ठ र कपालीको फाइनल खेल ३–३ को बराबरीमा सकिएपछि फाइनलमा पुगेकाले फाइनल खेल दर्शकका लागि खुसीको विषय बनेको थियो । त्यसपछि अन्तिम सातौं सेट ११–९ को स्कोरमा जित्दै श्रेष्ठले विश्वकै ठूलो खेलकुद प्रतियोगितामा आफ्नो स्थान पक्का गरे ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button