२ आश्विन २०८१, बुधबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
गृहमन्त्रीलाई सदनमा बाेल्न दिनका लागि सहमति प्रयास जारी, ४ बजेका लागि सर्‍याे बैठक
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचारमुख्य समाचारराजनीतिविचार दृष्टिकोणसूचना / प्रबिधि

गृहमन्त्रीलाई सदनमा बाेल्न दिनका लागि सहमति प्रयास जारी, ४ बजेका लागि सर्‍याे बैठक

काठमाडौं । प्रतिनिधिसभा बैठक बिहीबार अपरान्ह ४ बजेका लागि सरे संगै गृहमन्त्रीलाई सदनमा बाेल्न दिनका लागि सहमति प्रयास जारी छ। बैठक आज बिहान ११ बजे बस्ने भनिएकाे थियाे।

Nepal Himalayas Tours and Travel

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि सहरकारी ठगी प्रकारणमा संसदीय छानबिन समिति गठन गरी छानबिन गर्न माग राखेको नेपाली कांग्रेससँग सहमत जुट्न नसक्दा बैठक सरेकाे हाे।

सहमति जुटाउने विषयमा छलफलका लागि सभामुख देवराज घिमिरेले केहीबेरअघि प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’सँग टेलिफोनमा कुराकानी गरेका थिए ।

प्रधानमन्त्रीले कांग्रेससँग सहमतिको प्रयास गरिरहेकाले बैठक ४ बजे बस्नेगरी सरेकाे हाे। प्रधानमन्त्री दाहालले कांग्रससँग गृहमन्त्रीलाई बोल्न दिने गरी सहमतिको प्रयास भएरहेको भन्दै सभामुख घिमिरेलाई बैठक ढिलो गर्न टेलिफोन वार्तामार्फत् निर्देशन दिएका थिए।

उपप्रधान तथा गृहमन्त्री लामिछाने मुछिएको भन्दै सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन नगर्दासम्म प्रतिपक्षी कांग्रेसले संसद् अवरोध जारी राख्ने चेतावनी दिँदै आएको छ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button