११ श्रावण २०८१, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
दुई वर्षअघि भएको चुनावको पुनः मतगणना गर्न उच्च अदालतको आदेश – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)गण्डकी प्रदेशताजा समाचारदेशमुख्य समाचारराजनीतिसूचना / प्रबिधिस्थानीय तह

दुई वर्षअघि भएको चुनावको पुनः मतगणना गर्न उच्च अदालतको आदेश

तनहुँ । तनहुँको ब्यास नगरपालिकामा पुनः मतगणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ ।

ब्यास नगरपालिकामा दुई वर्षअघि भएको पालिका चुनावको पुनः मतगणना गर्न अदालतले आदेश दिएको हो ।

Nepal Himalayas Tours and Travel

स्वतन्त्र उम्मेदवार बनेका दीपकराज जोशीलाई हराउँदै कांग्रेसका बैकुण्ठ न्यौपाने व्यास नगरपालिकाको मेयरमा दोस्रो पटक विजयी भएका थिए ।

स्वतन्त्र उम्मेदवार जोशीले दायर गरेको रिटमा न्यायाधीशद्वय राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले निवेदकको माग बमोजिम दाबी पुग्ने फैसला गरेको हो ।

२०७९ वैशाख ३० गते सम्पन्न मतदानमा कांग्रेसका न्यौपाने २ सय ५२ मतले विजयी भएका थिए ।

न्यौपानेले १२ हजार ७८ र एमालेको समेत समर्थन पाएका जोशीले ११ हजार ८ सय २६ मत पाउनुभएको थियो । धाँधली भएको भन्दै जोशी पुनः मतगणनाको माग लिएर २०७९ जेठ १२ गते अदालत पुगेका थिए ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button