४ आश्विन २०८१, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
जीबी राईको राहदानी रद्व गर्न प्रहरीले राहदानी विभागलाई पठायो पत्र - Nepal Rastra Khabar N
Banner NewsBanner news (with photo)अन्तरास्ट्रियताजा समाचारदेशप्रवासबिचित्रमुख्य समाचारराजनीतिसुरक्षा/अपराध

जीबी राईको राहदानी रद्व गर्न प्रहरीले राहदानी विभागलाई पठायो पत्र

काठमाडौं । नेपाल प्रहरीले सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईको राहदानी रद्व गर्न राहदानीविभागलाई पत्राचार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले राहदानी विभागलाई पत्राचार गरेको हो ।

Nepal Himalayas Tours and Travel

राईविरूद्व यसअघि नै अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘इन्टरपोल’बाट डिफ्युजन र रेड नोटिश जारी भइसकेको छ ।

एक महिनाअघि राज्य व्यवस्था तथा सुशासन समितिमा प्रहरी प्रमुख आईजीपी वसन्तबहादुर कुँवरले नै कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी र रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको अर्बौँ रकम ठगी गरेका फरार आरोपी ओखलढुंगाका जीबी राई मलेसियामै रहेको बताएका थिए।

तर, रेड नोटिस जारी भए पनि मलेसिया प्रहरीले जीबीलाई नेपाल ‘डिपोर्ट’ गर्न चासो नदेखाएपछि राहदानी नै रद्द गर्ने प्रक्रियामा प्रहरी पुगेको हो ।

प्रहरीले मलेसियाबाट नै इन्टरपोलको सहयोगमा दुईजना अरोपीलाई पक्राउ गरेर नेपाल ल्याइसकेको उदाहरण छ ।

इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका म्याग्दीका २७ वर्षीय प्रकाश विकलाई दश महिना अघिमात्रै साउन १६ गते मलेसियाबाट नेपाल ल्याएको थियो ।

त्यस्तै गैडा तस्करीका मूख्य नाइके चितवनका राजकुमार प्रजालाई मलेसियाबाट नै २०७१ मा पक्राउ गरेर नेपाल झिकाइएको थियो ।

तर, जीबीलाई भने मलेसिया सरकारले पक्राउ गरेर नेपाल फर्काउन चाहँदैन । रेड नोटिस जारी हुँदा समेत नेपाल झिकाउन नसकिएकाको हकमा गृहमन्त्रालय र परराष्ट्र मन्त्रालयबाट आरोपीको राहदानी नै रद्द गरिन्छ । तर, जीबीको राहदानी भने अझै ‘अफिसियल क्यान्सिल’ भएको छैन ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button