११ माघ २०८१, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
भरतपुर चितवनमा विद्यार्थी लिन हिँडेको बोडिङ स्कुलको बसमा पेट्रोल बम प्रहार - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारवाग्मती प्रदेशशिक्षासुरक्षा/अपराधस्थानीय तह

भरतपुर चितवनमा विद्यार्थी लिन हिँडेको बोडिङ स्कुलको बसमा पेट्रोल बम प्रहार

भरतपुर, चितवन । भरतपुर महानगरपालिका–२० स्थित चनौली को नजिकै दद्राहानी पुलमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार गरिएको छ ।

आज आइतबार बिहान सवा ८ बजे स्मल हेभन बोडिङ स्कुल कल्याणपुरको बागमती प्रदेश ०६००१ क ००४५ नम्बरको बसमा पेट्रोल बम प्रहार गरी आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।

Nepal Himalayas Tours and Travel

छजनाको समूहमा रहेका व्यक्तिले चालक र सहचालकलाई बाहिर निकालेर बसमा पेट्रोल बम प्रहार गर्दा बस पूर्णरूपमा जलेको बताउनुभयो ।

पुलमा 3/4 ओटा मोटरसाईकल रोकेर बसिराखेको अज्ञात छजनाको समूहमा रहेका व्यक्तिले चालक र सहचालकलाई बाहिर निकालेर पुल को उकालो मा रोक्न लगाई उनीहरुलाई धम्की दिदै साथमा रहेको मोबाईल समेत खोसेर बसको सिसा फोरेर बस भित्र 3/4 ओटा पेट्रोल बम प्रहार गरेर तत्काल फरार भएका छन आगलागी भएको बसलाइ स्थानिय बाट आगो नियत्रण गर्न नसकेर महानगरको दमकलले आगोलाई नियन्त्रण गरेको थियो आगलागी बाट उक्त बस जलेर नस्ट भएको छ भने कुनै मानवीय क्षेती भने भएको छैन |

“प्रहरी घटनास्थलमा पुगी घटनाको विवरण लिने काम भइरहेको छ । थप अनुसन्धानपछि मात्रै कसले र किन बम प्रहार गरेको भनेर खुल्ला”, जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालले भन्नुभयो ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button