१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
पूर्वसभामुख ढुंगाना : नेपालको इतिहासमै सबैभन्दा ठूलो राजनीतिक अपराधीकरण अहिले भएको छ – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचारमुख्य समाचारराजनीतिविचार दृष्टिकोण

पूर्वसभामुख ढुंगाना : नेपालको इतिहासमै सबैभन्दा ठूलो राजनीतिक अपराधीकरण अहिले भएको छ

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले नेपालको इतिहासमै सबैभन्दा ठूलो राजनीतिक अपराधीकरण अहिले भएको बताएका छन्।

बिहीबार काठमाडौंमा नेपाली कांग्रेसका नेता स्व प्रदीप गिरीको स्मृति सभामा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले अहिलेको संविधान बचाउन नै चुनौती रहेको बताए।

उनले अहिलेको संविधानको बेनिफिट गुम्ने चरणमा पुगेको बताए। उनले वर्तमान संविधानलाई रिभुलेसनी संविधानको संज्ञा दिँदै उनले यस संविधानले देशलाई बोक्रो बनाइरहेको जिकिर गरे।

उनले वर्तमान संविधानलाई रिभ्यु गरेमात्रै बचाउन सकिने बताए। उनले कम्युनिष्ट सरकारले श्रमिक, मजदुरको हितमा काम नगरेको जिकिर गरे। उनले अहिले भइरहेका भ्रष्टाचार राजनीतिक दलको संरक्षणमा नै भइरहेको दाबी गरे।

उनले भने, ‘अहिलेको कम्युनिष्ट पार्टीहरुले चलाएको सरकार हेर्नुस् त। कहिले श्रमीक, मजदुरको हित गरेका छन् ? पहिला दरबार दरबारको नाममा अपराधीकरण गर्दथ्यो। अहिले त्यस्तै भएको छ। पार्टीहरु नै दरबार भएका छन्, अपराधी काम गरिरहेका छन्। भ्रष्टाचारका कुरामा कुनै न कुनै नेताहरु संलग्न भएकै छन्।

अहिले जति भ्रष्टाचार र अपराध भइरहेको छ, त्यो सबै दल संरक्षित भइरहेको छ। यो देशको लागि खराब कुरा हो। कसरी यो संविधानलाई बचाउने की नबचाउने ? यो सोच्नुपर्छ , जनताले अर्नरसिप लिएका छैनन्। डेलिभरी भएको छैन। जनताका लागि सामाजिक सुरक्षा, रोजगारी दिएको भए जनताले स्वीकृति दिन्थे, त्यो छैन। नेपालको इतिहासमै सबैभन्दा ठूलो राजनीतिक अपराधीकरण अहिले भएको छ। कसरी संविधान बचाउन सकिन्छ भन्ने चुनौति छ। अहिलेको संविधानको बेनिफिट पनि हामी गुमाउँदैछौं। यो रिभुलेसनी संविधान हो। यसले देशलाई बोक्रो बनाइरहेको छ। यसलाई राम्रो बनाउन सकिन्छ की सकिँदैन यो चुनौति हो। यसलाई छोड्दा पनि र यसै रुपमा राख्दा पनि समस्यामा पर्छौं। यो संविधानलाई रिभ्यु गर्नुपर्छ।

Nepal Himalayas Tours and Travel
Nepal Himalayas Tours and Travel

पूर्वसभामुख ढुंगानाले अहिलेका तीन मुख्य दलहरु संविधानको रिभ्यु गर्न सामथ्र्य राख्ने नभएको जिकिर गरे। अहिलेको संविधानको बिरुद्धमा जनता जाइलाग्ने अवस्थामा रहेको बताए। वर्तमान संविधान संविधान शास्त्रअनुसारको नरहेको बताए।

उनले वर्तमान संविधान माओवादीहरुसँग तत्कालीन मुख्यपार्टीहरु एमाले र कांग्रेस मिलेर माओवादीको हतियार बिसाउने र राजतन्त्र फाल्ने कुरामा मात्रै सहमति भएको बताए। अहिलेको संविधान पपुलर बेसमा नबसेको र पपुलर बेसमा नबसेको संविधानले जनआन्दोलन निम्त्याइरहने जिकिर गरे।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button