१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
कोशीको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले दाबी पेश गर्दै – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)कोशी प्रदेश (प्रदेश-१)ताजा समाचारदेशमुख्य समाचारराजनीतिस्थानीय तह

कोशीको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले दाबी पेश गर्दै

काठमाडौं । कोशी प्रदेशमा नेकपा एमालेको नेतृत्वमा बिहीबार नयाँ सरकार गठन हुने भएको छ। नेकपा माओवादी केन्द्रसहित आजै प्रदेश प्रमुख समक्ष नयाँ सरकारका लागि दाबी पेश गर्ने एमाले संसदीय दलका उपनेता रामबहादुर राना मगरले जानकारी दिए ।

एमालेका ४० र माओवादी केन्द्रका १३ सांसदको हस्ताक्षरसहित एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न बिहान ११ बजे दाबी पेश गरिने उनले जानकारी दिए। ९३ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४७ सांसदको समर्थन भए पुग्छ। उपेनता रानाका अनुसार मुख्यमन्त्री कार्कीको नियुक्ति र शपथ पनि बिहीबार नै गर्ने तयारी गरिएको छ।

आज मुख्यमन्त्री बाहेक एमाले र माओवादीका एक-एक जना मन्त्रीले पनि शपथ ग्रहण गर्ने रानाले बताए। केन्द्रीय सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादी भने अझै  केदार कार्की नेतृत्वको सरकारमै सहभागी छ। प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री केदार कार्कीलाई पदमुक्त गरी गएराति संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नै शुक्रबारसम्म अर्को सरकार गठनका लागि आह्वान गरेका हुन्।

केदार कार्की नेतृत्वको सरकारले बहुमत गुमाएको तर विश्वासको मत पनि नलिएको र राजीनामा पनि नदिएको भन्दै प्रदेश प्रमुखले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाएका हुन्। यसविरुद्ध नेपाली कांग्रेसले भने अदालत जाने तयारी गरेको छ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button