१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
सुधार गृहमा २५ वर्षीय युवकको शंकास्पद मृत्यु, हत्या भएको आशंका – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारसुदूरपश्चिम प्रदेशसुरक्षा/अपराधस्थानीय तह

सुधार गृहमा २५ वर्षीय युवकको शंकास्पद मृत्यु, हत्या भएको आशंका

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–४ भालुफाटामा रहेको नयाँ बाटो पुनर्स्थाना केन्द्र (सुधारगृह)मा राखिएका एक युवकको शंकास्पद मृत्यु भएको छ।

२५ वर्षीय सुनिल शाहीको मृत्युपछि उनका आफन्तले हत्या भएको आरोप लगाएका छन्। तर, प्रहरीले भने भाग्ने क्रममा एक तले भवनको छतबाट हामफाल्दा उनको मृत्यु भएको जनाएको छ।

इलाका प्रहरी कार्यालय सुखडका डीएसपी दिपेन्द्रकुमार पालका अनुसार गत पुसदेखि सुधार केन्द्रमा बस्दै आएका शाही गए राति छतबाट हाम फालेर घाइते भएका थिए। उनको उपचारका क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको उनले बताए।

उनको निधार, गर्धन, कम्मर र दुवै हातमा चोट लागेको छ। शाहीले सुधार केन्द्रबाट भाग्ने उद्देश्यले भवनको छतबाट हामफालेको डीएसपी पालले वताए। मृतकका परिवारले भने घटनाको प्रकृति हेर्दा शाहीको भवितव्य नभएर हत्या भएको भन्दै छानबिनको माग गरेका छन्।

सुधार केन्द्रले विगत २५ दिनदेखि छोरालाई भेटघाट गर्न समेत नदिई कुटपिट गर्दै शारीरिक र मानसिक यातना दिएको मृतकका बुवा धनराज जोशीले आरोप लगाएका छन्। प्रहरीले घट्नाको अनुशन्धान भईरहेको जनाएको छ।

तर, मृतकका परिवारले भने घटनाको प्रकृति हेर्दा शाहीको हत्या नै गरिएको आरोप लगाएका छन्। लागुऔषध प्रयोगकर्ता रहेका शाहीलाई गत पुसमा परिवारले सुधार केन्द्रमा राखेका थिए।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button