प्रधानमन्त्री दाहाल : जस्तो सुकै अवस्थाको सामना गर्नु परे पनि सरकारलाई पुरै अवधि चलाउने
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले जसरी भए पनि सरकारलाई पूरै अवधि चलाउने बताएका छन् ।
सुनकोशी मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’ पछि प्रधानमन्त्री पुष्पकमलले भने, जस्तो सुकै अवस्थाको सामना गर्नु परे पनि सरकारलाई पुरै अवधि चलाउने बताएका हुन् ।
‘नीति कार्यक्रम र बजेटमार्फत आमनागरिकमा भरोसा स्थापित गर्ने प्रयास हुनेछ।, उनले भने, ‘विकासको नयाँ युग सुरु हुन्छ, नीति कार्यक्रम र बजेट एक अर्काको पुरक हुनेछन् ।’ सूचना प्रविधि र कृषिलाई केन्द्रित गरेर नीति बनाइरहेको उनले बताए ।
‘आर्थिक अवस्था संकटमुक्त भइसकेको छैन । तर मैले नेतृत्व लिए यता धेरै सकारात्मक परिवर्तन भएका छन् । सन्तोषजनक नभए पनि प्रगति राम्रै छ,’उनले भने ‘लगानी सम्मेलनपछि विदेशी लगानी भित्रिंदै जाने र विकास बढ्दै जाने अवस्था बनेको छ । विदेशी मुलुकका उच्चस्तरको राजनीतिक भ्रमणले अत्यन्त राम्रो वातावरण बनेको छ ।’