२ आश्विन २०८१, बुधबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
दुई एसपी सरुवा : इलाममा महिला कर्मचारी काण्ड, सिराहामा तस्करी रोक्दा कारवाही
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारराजनीतिसुरक्षा/अपराधसूचना / प्रबिधिस्थानीय तह

दुई एसपी सरुवा : इलाममा महिला कर्मचारी काण्ड, सिराहामा तस्करी रोक्दा कारवाही

काठमाडौं । प्रहरी प्रधान कार्यालयले सिराहा र इलामका प्रहरी प्रमुखको जिम्मेवारी हेरफेर गरेको छ । जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख रहेका एसपी वासुदेव खतिवडालाई प्रहरी मुख्यालय बोलाइएको छ भने उनको स्थानमा प्रभु ढकाल पठाउने भनिए पनि उनी बढुवाको लाइनमा रहेकाले जान मानेका छैनन् ।

यस्तै, सिरहामा पनि ३ महिनाअघि सरुवा भएका एसपी सन्तोष आचार्यको स्थानमा एसपी रमेश पण्डितको काज सरुवा गरिएको छ । चैत २३ गते सर्लाहीबाट दयानिधि ज्ञवाली, धनुषाबाट मित्रबन्धु शर्मा र महोत्तरीबाट श्यामकुमार राईलाई तानिएको थियो । मधेश प्रदेशका ८ जिल्लाहरू एसपीका लागि ‘आकर्षक’ मानिन्छन् ।

अनियमितता र आचरण सम्बन्धी प्रश्न उठेपछि उनीहरूलाई जिम्मेवारीबाट हटाइएको प्रहरी प्रधान कार्यालयको स्पष्टोक्ति हुने गरेको छ । एसपीसम्मको सरुवा आईजीपीले गर्छन् । सामान्यतया कार्यालय प्रमुखलाई एक वर्षभन्दा कम अवधिमा हटाउने नपाउने र हटाउनु परे कारण दिइनुपर्ने नियमावलीको व्यवस्था छ ।

गृहमन्त्री रवि लामिछानेले प्रहरीको सरुवामा हस्तक्षेप नगर्ने तर अनियमिततामा मुछिने विरुद्ध कडा कारबाही गर्ने बताइरहेका छन् । तर उनले आफ्नो सार्वजनिक भनाईको ठीक विपरीत प्रहरीका सरुवा र बढुवामा ठाडो हस्तषेप गर्न थालेका छन् ।  यसअघि प्रहरी मुख्यालयले सिन्धुलीको एसपीमा कर्मचारी प्रशासन शाखामा बसेर तर मारिरहेका अर्जुन तिमिल्सेनाको काज सरुवा गरेको थियो ।

आईजीपी बसन्त कुँवर फ्रान्समा भएको बेला कप्रमा रहेका एसपी तिमिल्सिनाको इच्छा विपरीत काज सरुवा गरिए पनि उनले अटेरी गर्दै रमाना बुझ्न ढिलाई गरेका थिए । यही ढिलाईका बीच आईजीपी नेपाल फर्केपछि उनको काज रद्द गर्दै एसपी गोविन्दराज काफ्लेको काज सरुवा गरेको छ । त्यहाँ कार्यरत एसपी विनोद शर्मालाई दुई महिनाकै बीचमा प्रहरी प्रधान कार्यालयमा तानिएको थियो । बिना कारण तानिएका एसपी शर्मालाई माओवादीले भने अनुसार काम नगरेको आरोप लगाउँदै सिन्धुलीका सिडिओ भरत खनाल मार्फत गृहमा दवाव बढाएर सरुवा गरिएको थियो ।

तर इलाम र सिराहको घटना भने फरक रहेका छन् । इलाममा केही दिन अघि एक जलविद्युत कम्पनीमा कार्यरत महिला कर्मचारीसँग अलि बढी नै लहसिएपछि र सो तरुनी काण्ड सार्वजनिक भएपछि साे घटनालाई लिएर आईजीपीलाई ठाडो उजुरी परेपछि एसपी खतिवडा तानिएका हुन् । ‘इलामकै एक हाइड्रो पावर कम्पनीमा कार्यरत महिला कर्मचारीसँग अलि बढी नै लहसिएपछि साे घटनाक्रमले प्रदेश प्रहरी प्रमुखलाई समेत अप्ठेरो पर्ने भएपछि एसपी खतिवडालाई प्रहरी प्रधान कार्यालय तानिएको हो । उनका यस्ता धेरै घटनाहरू जोडिएका छन्’, प्रहरी प्रधान कार्यालयका एक अधिकारीले भने । ती अधिकारीका अनुसार एसपी खतिवडा दिउँसै मदिरापान गरेर इलाम बजारमा घुम्ने र प्रहरी कर्मचारीलाई हप्काउने तथा व्यापारीहरूलाई पनि धम्क्याउने गरेको गुनासो पनि प्रहरी प्रधान कार्यालयमा आएको थियो ।

त्यसैगरी सिराहाको भने अवस्था अलि फरक रहेको छ । सिराहाका एसपीलाई भने त्यहाँका तस्करहरूले सरुवा गर्न सफल भएको स्रोतको दावी छ । तस्करको एक समूहले गृहमन्त्री रवि लामिछानेको सचिवालयमा रहेका पीए दीपक बोहोरालाई भेटेपछि एसपी सन्तोष आचार्यको सरुवा भएको स्रोतकाे दावी छ । नेपाल र भारत सीमा खुला रहेको हुँदा तस्करहरू सक्रिय भएको सूचना पाउने बितिकै एसपी आचार्यले कडा निगरानी बढाएका थिए । उनी गएको तीन महिना पनि नपुगेको अवस्थामा इलाका प्रहरी प्रमुख , प्रहरी चौकीका प्रमुख र सीमा प्रहरी चौकीका प्रमुखहरूलाई तस्कर विरुद्ध खरो उत्रिन समेत निर्देशन दिएका थिए ।

एसपी आचार्यले तस्कर विरुद्ध कठोर बन्न निर्देश दिएपछि नेपाल प्रहरीले सीमा नाकादेखि शहरसम्म तस्करमाथि निगरानी बढाएका थिए । पछिल्लो समय दैनिक जसो तस्कर र तस्करीका सामान पक्राउ पर्दै आएका थिए । पछिल्लाे समय सिरहामा करीब १७ लाख ९० हजार मूल्य बराबरको भन्सार छलीका सर्जिकल सामानहरुसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।  लहान नगरपालिका ४ स्थित भित्री सडक खण्डमा भारतबाट नेपालतर्फ भन्सार छली स्कुटरमा ल्याइँदै गरेको २ बोरा सर्जिकल सामान र प्र.२–०१–००२ प.८६०२ नम्बरको स्कुटी सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

एसपीले तस्करहरूलाई केही समयदेखि निगरानीमा राखेकै कारण त्यहाँका तस्करहरूको समूहले नै गृहमन्त्रीका स्वकीय सचिव समेत रहेका बोहोरालाई भेटेर उल्टै एसपीले तस्करी बढाएको पोल सुनाएका थिए । जसले गर्दा उनको सरुवा भएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । तर प्रहरी प्रधान कार्यालयले भने स्थानीय बिचौलिया नरेश साहसँग मिलेर गैरव्यवसायिक गतिविधिमा लागेको आरोपमा सिराहाका एसपी आचार्यमाथि छानबिन गर्नु परेकाले सरुवा गरेको जनाएको छ । उनले पक्राउ गरेको सामान पनि नरेश साहसँगको मिलेमतोमा गरेको उजुरी परेको प्रधान कार्यालय स्रोतले जनाएको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button