५ जेष्ठ २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
पूर्वराजा ज्ञानेन्द्रले मनाए विवाहको ५५ औँ वर्षगाँठ - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशमनोरञ्जनमुख्य समाचारसफलताको कथा

पूर्वराजा ज्ञानेन्द्रले मनाए विवाहको ५५ औँ वर्षगाँठ

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले विवाहको ५५ औँ वर्षगाँठ मनाउनु भएको छ। आज विहीबार केही शुभेच्छुक र आफन्तहरुसँग उहाहरुले बर्षगाँठ मनाउनु भएको हो ।

नेपाली सेनाका तत्कालीन रथी केन्द्र शमशेरकी माहिली छोरी कोमल राणासँग तत्कालीन युवराज ज्ञानेन्द्रको २०२७ साल वैशाख १९ गते विवाह भएको थियो। केन्द्र शमशेरकै जेठी छोरी ऐश्वर्या राणासँग २०२६ मा तत्कालीन युवराज वीरेन्द्रको बिहे भएको थियो।

ज्ञानेन्द्रको बिहेको केही समयपछि उनका भाइ तत्कालीन अधिराजकुमार धीरेन्द्र शाहको प्रेक्षा राणासँग बिहे गरेका थिए। प्रेक्षा पनि रथी केन्द्र शमशेरकै कान्छी छोरी थिइन्।

वीरन्द्रकै बिहेका लागि राजा महेन्द्रले पुरानो नारायणहिटी भत्काएर अहिलेको नारायणहिटी दरबार बनाएका थिए। ऐश्वर्य र कोमलकी कान्छी बहिनी प्रेक्षासँग बिहे गरेका धीरेन्द्रको वैवाहिक जीवन भने सफल हुन सकेन।

विदेशी युवतीहरूसँगको सम्बन्धका कारण ०४५ सालमा प्रेक्षासँग उनले सम्बन्धविच्छेदपछि उनको अधिराजकुमार पद पनि गुमेको थियो। ५५ वर्षगाँठ को अवसरका केक काटेर पूर्वराजा पति पत्नीले एक आपसलाई केक खुवाएर खुसी साटासाट गर्नु भएको छ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker