५ जेष्ठ २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
काठमाडौँ न्युरोड सुन तस्करी अपडेट : परिवारै सुन तस्करीमा लागेको खुलस्त - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारसुरक्षा/अपराधस्थानीय तह

काठमाडौँ न्युरोड सुन तस्करी अपडेट : परिवारै सुन तस्करीमा लागेको खुलस्त

काठमाडौं । १ किलो ७६८.२५ ग्राम सुन र एक करोड ४३ लाख ६० हजार रुपैयाँसहित शुक्रबार पक्राउ परेका ७ जना मध्येका ४७ वर्षीय गणेशदत्त बडू पटके सुन तस्करी भएको खुलेको छ। उनी यस अघि पनि सुन तस्करीको आरोपमा पक्राउ परेर धरौटीमा छुटेका थिए।

१९ भदौ ०७४ मा तत्कालीन काठमाडौं उपत्यका अपराध महाशाखाको टोलीले क्षेत्रपाटीबाट ८८ किलो सुन बरामद गरेको थियो। केरुङ नाकाबाट भित्रिएको सुनसँगै गाडी चालक मकवानपुरका गणेश अधिकारी पक्राउ परेका थिए। अनुसन्धानका क्रममा ४ असोज ०७४ मा बडू पनि पक्राउ परेका थिए।

पछि उनी ५ लाख रुपैयाँ धरौटीमा छुटे। पक्राउ पर्दासम्म उनी न्यूरोडमा कार्यविनायक सुनचाँदी गहना पसल सञ्चालन गरेर बसेका थिए। तर, त्यसपछि भने उनी छोरा र आफन्तलाई समेत सहभागी गराएर सुन तस्करको लिडर नै भएको खुलेको छ।

शुक्रबार पक्राउ परेका ७ जनामा उनका छोरा र सालीका छोरा समेत पक्राउ परेपछि यो रहस्य खुलेको हो। प्रहरीले गणेशसहित २१ वर्षीय आयुष बडु, झापाको बिर्तामोड नगरपालिका ३ का ३० वर्षीय दिनेश खरेल, २२ वर्षीय भरतराज खरेल, भारत महाराष्ट्रका ३७ वर्षीय अमोल विभुते, १८ वर्षीय ऋषिकेश प्रकाश बिभुते र १८ वर्षीय गणेश सतिश बाल्टेलाई पक्राउ गरेको छ।

पक्राउ पर्ने आयुष उनका छोरा हुन। २१ वर्षीय आयुष भर्खर स्नातक तह पढ्दै गरेका विद्यार्थी हुन्। यसैगरी, दिनेश र भरतराज खरेल उनका सालीका छोरा हुन। अनुसन्धान अधिकृतहरूका अनुसार अहिलेसम्म सुन ल्याउने काममा उनीहरू संलग्नता देखिएका छैन। तर तस्करी गरेर ल्याएको सुन बेच्न भने उनीहरू संलग्न रहेको पाइएको छ।

प्रहरीले काठमाडौं महानगरपालिका–२४ दुछेंननी टोलमा छापा मारेको दुई कोठामध्ये एउटा आयुष र अर्को भरतराजले भाडामा लिएको खुलेको छ। भाडामा लिएको कोठा तस्करीका सुन राख्नेदेखि कारोबार गर्नेसम्म गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयकी डीएसपी सुरक्षा केसीले बताइन्।

उनले सुन तस्करी गर्न वीच्याटमार्फत चिनियाँ पक्षसँग कुराकानी गरेको विवरण समेत प्रहरीले फेला पारेको छ, जसले लामो समयदेखि तस्करी गरिरहेको संकेत गर्छ। अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार बडूको घर बाफलमा छ। उनका दुई छोरी र आमा पनि छन्।

पक्राउ परेका तीन भारतीय नागरिक भने तस्करीको सुन किन्नेहरू भएको पाइएको छ। कोटेश्वरमा भाडामा बस्दै आएका उनीहरूले सुन काठमाडौंमा खरिद गरी भारत पु-याएर बेच्ने गरेको प्रहरीको भनाई छ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker