२४ बैशाख २०८१, सोमबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
सरकारले आगामी आर्थिक वर्षका लागि तोक्यो कृषि मन्त्रालयका लागि ५१ अर्ब ८८ करोड बजेट
Banner NewsBanner news (with photo)कृषिताजा समाचारदेशमुख्य समाचारराजनीतिसफलताको कथा

सरकारले आगामी आर्थिक वर्षका लागि तोक्यो कृषि मन्त्रालयका लागि ५१ अर्ब ८८ करोड बजेट

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई कुल ५१ अर्ब ८८ करोड ९५ लाख रुपैयाँको बजेट सीमा (सिलिङ) तोकेको छ ।चालु आर्थिक वर्षको बजेट सिलिङभन्दा आगामी आर्थिक वर्षको सिलिङ करिब ५८ करोड रुपैयाँले घटेको हो ।

मन्त्रालयले चालु वर्षका लागि ५२ अर्ब ४६ करोड रुपैयाँको सिलिङ तोकेको थियो । तर पछि सो रकम बढाएर ५८ अर्ब ९८ करोड रुपैयाँ छुट्याइएको थियो । मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट रकम सात वटा शीर्षकमा छुट्याएको छ । जसमध्ये अधिकांश बजेट रासायनिक मल खरिदका लागि खर्च हुने देखिन्छ ।

योजना तथा विकास सहायता समन्वय महाशाखा प्रमुख तथा सहसचिव डा. राजेन्द्र मिश्रका अनुसार आगामी आर्थिक वर्षका लागि निर्धारित सिलिङ अनुसार बजेटको खाका तयार पारिएको छ ।

चालु आर्थिक वर्षका लागि ३० अर्ब रुपैयाँ रासायनिक मललाई छुट्याइएको थियो । आगामी आर्थिक वर्षका लागि पनि ३० अर्ब (कुल बजेटको ५७.८२ प्रतिशत) रासायनिक मलका लागि छुट्याउने मन्त्रालयको योजना छ ।

उखु उत्पादक कृषकहरूलाई अनुदान भुक्तानी दिन २.७९ प्रतिशत रकम विनियोजन गरिएको छ । जसका लागि १ अर्ब ४५ करोड रुपैयाँ छुट्याइएको छ । यस्तै, बाली तथा पशुपन्छी बीमाका लागि १.५६ प्रतिशत अर्थात् ८१ करोड रुपैयाँ बजेट निर्धारण गरिएको छ ।

हालसम्म पुरानो योजना शीर्षकमै बजेट छुट्याइएको छ । सोही शीर्षकभित्र नयाँ योजना समेटिन सक्ने योजना तथा विकास सहायता समन्वय महाशाखा प्रमुख मिश्रले बताए । देशभर सञ्चालित सात वटा आयोजना अन्तर्गत कुल बजेटको १८.६४ प्रतिशत रकम छुट्याएको छ । ती आयोजनाका लागि ९ अर्ब ६७ करोड ३९ लाख ६७ हजार रुपैयाँ बजेट छुट्याइएको मिश्रले उल्लेख गरे ।

यस्तै, प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनाका लागि ५.५५ प्रतिशत अर्थात् २ अर्ब ८७ करोड ९९ लाख २८ हजार रुपैयाँ छुट्याइएको डा. मिश्रले जानकारी दिए । उखु उत्पादक कृषकहरूलाई अनुदान भुक्तानी दिन २.७९ प्रतिशत रकम विनियोजन गरिएको छ । जसका लागि १ अर्ब ४५ करोड रुपैयाँ छुट्याइएको छ । यस्तै, बाली तथा पशुपन्छी बीमाका लागि १.५६ प्रतिशत अर्थात् ८१ करोड रुपैयाँ बजेट निर्धारण गरिएको छ ।

कृषि अनुसन्धान कार्यक्रमका लागि ६.८४ प्रतिशत बजेट निर्धारण गरिएको छ । जसका लागि ३ अर्ब ५५ करोड रुपैयाँ छुट्याइएको छ । यस्तै, कार्यक्रम, उपभोग लगायतका लागि ६.७९ प्रतिशत बजेट छुट्याइएको छ । यो शीर्षकमा ३ अर्ब ५२ करोड ५६ लाख ५ हजार रुपैयाँ निर्धारण भएको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker