२३ बैशाख २०८१, आईतवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
इजरायलमा इरानको ड्रोन र मिसाइलमार्फत् आक्रमण शुरू - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारबिचित्रमुख्य समाचारराजनीतिसुरक्षा/अपराधसूचना / प्रबिधि

इजरायलमा इरानको ड्रोन र मिसाइलमार्फत् आक्रमण शुरू

काठमाडौं । इरानले इजरायलमा २०० भन्दा बढी ड्रोन र रकेट आक्रमण गरेको छ ।

इरानले ड्रोन र मिसाइलमार्फत् आक्रमण गरेको इजरायल डिफेन्स फोर्स (आईडीएफ)का प्रवक्ता एडमिरल डेनियल हगारीले बताएका छन् ।

इरानले स्थानीय समय अनुसार गएराति १ः४५ बजेदेखि आक्रमणसुरु गरेको थियो । आक्रमणसुरु गरेदेखि नै इजरायलमा तनावको स्थिति छ ।

आक्रमणबाट इजरायलका केही सैन्य क्याम्पमा क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको टाइम्स अफ इजरायलले जनाएको छ ।

१ अप्रिलमा सिरियाको राजधानी दमास्कसमा रहेको इरानको वाणिज्य दूतावासमा इजरायलले हवाईआक्रमण गरेको थियो । घटनामा सैन्य कमाण्डरसहित सात जनाको मृत्यु भएको थियो ।

त्यसको बदलामा इरानले इजरायललाई आक्रमण गर्ने धम्की दिँदै आएको थियो । इरानले प्रहार गरेका अधिकांश ड्रोन इजरायलले बिचमै निष्कृय पारेको थियो ।

यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसले दुवै देशलाई शत्रुता अन्त्य गर्न अपिल गरेका छन् ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker