७ माघ २०८१, सोमबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
सुन्तला बन्यो अब नेपालको राष्ट्रिय फल : वार्षिक दुई लाख मेट्रिक टन उत्पादन - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)अर्थतन्त्रताजा समाचारदेशमुख्य समाचारसफलताको कथा

सुन्तला बन्यो अब नेपालको राष्ट्रिय फल : वार्षिक दुई लाख मेट्रिक टन उत्पादन

काठमाडौँ। सरकारले सुन्तला लाई राष्ट्रिय फल घोषणा गरेको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सुन्तलालाई नेपालको राष्ट्रियफलको मान्यता दिने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिंदै मन्त्री शर्माले भनिन्, “कृषि मन्त्रालयको प्रस्तावमा सुन्तलालाई नेपालको राष्ट्रियफलका रूपमा मान्यता दिने निर्णय भएको छ।

सुन्तला (मन्डारिन ओरेन्ज) नेपालको रैथाने फल हो। देशका ५६ जिल्लामा सुन्तला खेती हुने गरेको राष्ट्रिय फलफूल विकास केन्द्रकोतथ्यांक छ।

नेपालमा १९ हजार ४८१ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती हुन्छ। आर्थिक वर्ष २०७८/७९ मा एक लाख ८५ हजार ३४६ मेट्रिक टन सुन्तलाफलेको थियो।

सबैभन्दा धेरै स्याङ्जामा १३ हजार ८०० मेट्रिक टन सुन्तलाफलेको थियो। यस वर्ष सल्यानमा १० हजार ९५० मेट्रिक टन, काभ्रेमा नौहजार ३४५ मेट्रिक टन दैलेखमा नौ हजार ३६१ मेट्रिक टन सुन्तला फलेको थियो।

नेपालको कृषि क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा सुन्तलाको हिस्सा .९६ प्रतिशत छ। यो आँपको भन्दा केही थोरै प्याजको भन्दा धेरैहो।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button