२३ बैशाख २०८१, आईतवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
संसदीय समिति गठन नभएसम्म सदन चल्न नदिने कांग्रेसको निर्णय - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)अर्थतन्त्रअर्थव्यवस्थाताजा समाचारदेशबिचित्रमुख्य समाचारराजनीतिसुरक्षा/अपराध

संसदीय समिति गठन नभएसम्म सदन चल्न नदिने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठकले सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको कुरामा निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन नभएसम्म सदन चल्न नदिने निर्णय गरेको छ ।

संसदीय दलको बैठकले पार्टीको बटमलाइन नै समिति गठन भएको जनाएको छ । प्रमुख सचेतक रमेश लेखकले सानातिना विषयमा कांग्रेसले सदन अवरोध नगर्ने बताउँदै सहकारीमा लाखौँ हिनामिना प्रकरणमा गृहमन्त्रीको संलग्नता देखिएकाले छानबिन जरुरी रहेको बताए ।

त्यससँगै आजको बैठकले तत्काल नेपाली कांग्रेसको माग बमोजिम संसदीयछानबिन समिति गठन गर्न सरकारसँग माग गर्ने निर्णयसमेत गरेको उनले बताए ।

उनले भने, ‘उपप्रधानमन्त्री एवम् गृहमन्त्री माननीय रवि लामिछाने जी सहकारीको रकम अपचलन गर्ने काममा संलग्न भएको कुरालाई हामीले उठाइरहेका छौं ।

त्यसको निष्पक्ष, स्वतन्त्र र विश्वसनीय अनुसन्धानका निमित्त संसदीयसमिति गठन गर्ने माग हामीले गरिराखेका छौं । आजको संसदीय दलले नेपाली कांग्रेसले उठाउँदै आएको काम उचित छ भन्ने ठहर गरेको छ, सर्वसम्मतीले ।’

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker