६ जेष्ठ २०८१, आईतवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
ताइवान भूकम्प अपडेट : १५ जनाको मृत्यु, ९ सयभन्दा बढी घाइते र अन्यको उद्धारकार्य जारी
Banner NewsBanner news (with photo)ताजा समाचारबिचित्रमुख्य समाचारस्थानीय तहस्वास्थ्य

ताइवान भूकम्प अपडेट : १५ जनाको मृत्यु, ९ सयभन्दा बढी घाइते र अन्यको उद्धारकार्य जारी

एजेन्सी। ताइवानमा बुधबार ७.४ म्याग्निट्यूडको शक्तिशाली भूकम्प जाँदा धनजनको क्षति भएको विवरण आएको छ।

भूकम्प प्रभावित क्षेत्रमा उद्धारकार्य जारी रहेको अधिकारीहरूले बताएका छन्।

अहिलेसम्म कम्तीमा १५ जनाको मृत्यु भएको छ भने नौ सयभन्दा बढी मानिस घाइते भएका छन्।

क्षतिग्रस्त तटीय क्षेत्रमा पर्ने पहाडी क्षेत्रका सुरुङहरू भत्कँदा त्यहाँ झण्डै १२७ जना मानिसहरू फसिरहेको बताइएको छ।

तटीय सुहुआ राजमार्गमा पर्ने एउटा सुरुङभित्र मात्र साठी जना मानिसहरू फसेको ठानिएको छ जसमध्ये होटलका कर्मचारीहरूले भरिएका चार मिनिबस समेत छन्।

एक पर्वतीय ह्वालिएन क्षेत्रमा दर्जनौँको सङ्ख्यामा खानीका कामदारहरू समेत सम्पर्कविहीन भएको बताइएको छ।

ताइवानको ख्वालिएन सहरदेखि करिब १८ किलोमिटर पर केन्द्रबिन्दु बनाई भूकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन निकाय यूएसजीएसले जनाएको छ।

१०० भन्दा बढी परकम्प

ताइवानको केन्द्रीय आपत्कालीन केन्द्रले स्थानीय समयानुसार दिउँसो ३ बजेसम्म १०१ वटा परकम्प मापन गरिएको जनाएको छ।

ताइवानकी राष्ट्रपतिले उद्धारकार्यमा सेना परिचालन गरिने बताएकी छन्। जापान र चीनले ताइवानलाई आवश्यक सहयोग गर्ने प्रस्ताव गरेका छन्।

राजधानी ताइपेईमा खिचिएको भिडिओमा भवनहरू हल्लिएको देखिन्छ। स्थानीय समयानुसार बिहान ७ः५८ बजे जमिनको सतहबाट १५.५ किलोमिटरभित्र भूकम्प उत्पन्न भएको थियो।

त्यसपछि ४ म्याग्निट्यूड वा सोभन्दा माथिका अरू परकम्प मापन गरिएको अधिकारीहरूले जनाएका छन्।

आवासीय भवनहरू भत्केका र मानिसहरूलाई घर एवं विद्यालयबाट उद्धार गर्दै गरिएको दृश्य देखिने भिडिओ स्थानीय सञ्चारमाध्यमले प्रसारण गरेका छन्। बीबीसीबाट

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker