६ जेष्ठ २०८१, आईतवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
पेट्रोलियम अन्वेषणको उपकरण बोकेको ट्रक दुर्घटना, सडक साँघुरो र गाडी ठूलो हुँदा समस्या
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारराजनीतिस्थानीय तह

पेट्रोलियम अन्वेषणको उपकरण बोकेको ट्रक दुर्घटना, सडक साँघुरो र गाडी ठूलो हुँदा समस्या

दैलेख । दैलेखमा पेट्रोलियम अन्वेषणको उपकरण बोकेको ट्रक दुर्घटना भएको छ ।नेपालगञ्ज, सुर्खेत हुँदै कर्णाली राजमार्ग भएर भैरवी गाउँपालिकाको जलजले आयोजनास्थलमा जाँदै गरेको ट्रक हिजो दुर्घटना भएको हो । सडक साँघुरो र उपकरण बोकेको ट्रक ठूलो हुँदा दुर्घटना भएको प्रहरीको भनाइ छ । ट्रक दुल्लू नगरपालिका–३ पालीमा सडकमै पल्टिएको हो ।

सडक चौडा पार्ने कम्पनीले सडकमा छोडेको ढुङ्गाहरुका कारण ट्रक सडकमै पल्टिएको र  दुईवटा क्रेनको सहायताले उठाइएको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिनुभयो । ट्रकले बोकेको मेसिन र ट्रकलाई छुट्टाछुट्टै उठाइएको छ । चिनियाँ सरकारको अनुदानमा सञ्चालित पेट्रोलियम अन्वेषण परियोजनाका लागि पहिलो चरणमा २२ वटा मालवाहक ट्रक अन्वेषणस्थलमा पुगिसकेका छन् ।

उपकरण लिएर अन्वेषणस्थल पुग्नु पर्ने १ सय २८ वटा ट्रकमध्ये अरु नेपालगञ्ज, सुर्खेत र दैलेखका विभिन्न ठाउँमा छन् । सडक साँघुरो हुँदा ती ट्रकहरु अन्वेषणस्थल भैरवी गाउँपालिका–१ को जलजले पुग्न समस्या भएको छ । दैलेख–सुर्खेतको ६५ किलोमिटर सडक अति साँघुरो हुँदा आयोजनाले सुर्खेतबाट कर्णाली राजमार्गको साँगेतडासम्म र त्यहाँबाट मध्यपहाडी राजमार्गको बाटो प्रयोग गर्ने गरेको छ ।

यसरी कर्णाली राजमार्ग र मध्यपहाडीको सडक प्रयोग गर्दा ट्रकलाई झण्डै एक सय किलोमिटर पार गर्नुपर्छ । अन्वेषणका लागि उपकरणहरु पुर्याउको लागि सडक फराकिलो पार्न कर्णाली राजमार्गको सुर्खेतदेखि साँगेतडा र साँगेतडादेखि मध्यपहाडी राजमार्ग जोड्ने जम्बुकाँधसम्मको खण्ड ४ करोड ३६ लाख रुपैयाँ खर्च भएको छ । तर सडक फराकिलो नभएको कारण अहिले फेरि मोड सुधार गर्न लगाइएको छ ।

मोड सुधार नभएको र सडक पनि साँघुरो भएकाले अन्वेषणका लागि उपकरणहरु बोकेका ठूला ट्रकहरु गन्तव्यमा पुर्‍याउन गाह्रो भएको खानी तथा भूगर्भ विभागको पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख दिनेश स्थापितले गुनासो गर्नुभयो ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker