६ जेष्ठ २०८१, आईतवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
त्रिविको उपकुलपतिमा केशरजंग बराल नियुक्त - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारशिक्षासफलताको कथा

त्रिविको उपकुलपतिमा केशरजंग बराल नियुक्त

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. केशरजंग बराल नियुक्त भएका छन्।

त्रिविका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले बराललाई बिहीबार उपकुलपति नियुक्त गरेका हुन्। छनोट समितिले गरेकोसिफारिशका आधारमा प्रधानमन्त्री दाहालले बराललाई उपकुलपति नियुक्त गरेको प्रधानमन्त्रीका निजी सचिवालयका सदस्य विनोदन्यौपानेले राससलाई बताएका छन्।

उपकुलपति छनोट समितिले आवेदन दिएका ४३ जनामध्ये तीन जनाको नाम सिफारिश गरेको थियो। जसमा प्रा.डा. बरालसँगै प्रा.डा. चित्रबहादुर बुढाथोकी प्रा.डा. टंकनाथ धमला थिए।

बराल पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति हुन्। अर्थशास्त्रका प्राध्यापक बरालले महेन्द्र मोरङ क्याम्पसबाट अध्यापन शुरू गरेकाथिए। उनी २०६४ सालमा पोखरा विश्वविद्यालयका उपकुलपति बनेका थिए।

उनले भारतको दिल्ली विश्वविद्यालयबाट क्यापिटलस्ट्रक्चर एन्ड कस्ट अफ क्यापिटलमा विद्यावारिधि गरेका हुन्।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker