Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारस्थानीय तहस्वास्थ्य
स्वास्थ्य शाखा प्रमुखको हृदयघातबाट मृत्यु
रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाको नगर स्वास्थ्य शाखा प्रमुख मनोज कुमार यादवको मंगलबार राति हृदयघातको कारण मृत्यु भएको छ।
गरुडा नगरपालिका जयनगरका ५० वर्षीय स्वास्थ्य शाखा प्रमुख यादवको गएराति १० बजे हृदयघातबाट आकस्मिक निधन भएको हो। आफ्नो घरमै खाना खाएर सुत्नुअघि छाती दुखेको थियो।
उपचारको लागि लैजाने तयारी गरिरहेको अवस्थामा उनको निधन भएको उनका काका दिनेश यादवले बताएका छन्।
उनको शव घरमै रहेको तथा आजै दाहसंस्कार गरिने पीडित परिवारले जनाएको छ। उनलाई हृदय सम्बन्धी कहिले कुनै समस्या नदेखिएको प्राधिकरण प्रमुख यादवले जानकारी दिएका छन्। उनको दुई छोरा र एक जना छोरी रहेको बताइएको छ।