१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
एन्फाका महासचिव किरण राईले भ्रष्टचार गरेको भन्दै अख्तियारमा उजुरी – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारराजनीति

एन्फाका महासचिव किरण राईले भ्रष्टचार गरेको भन्दै अख्तियारमा उजुरी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरिता परियारको नामबाट उजुरी दर्ता भएको छ।

दायर गरिएको अभियोगमा एन्फामा भष्ट्राचार र वेथिती व्याप्त रहेका कारण नेपालमा फुटबल खेलको भविष्य नदेखेर दिनहु जस्तो सम्भावना भएका खेलाडीहरू विदेशिएको दावी गर्दै राइले केटिएम सिटीसँगको सम्झौता गर्दा निरन्तर बार्गेनिङ गर्दै रकम लिएको उल्लेख छ।

अख्तियारमा दायर मुद्दामा भनिएको छ ‘अखिल नेपाल फुटबल संघ (एन्फा) र शेर्पा आउट डुअर स्पोर्टस गुड्स इन्डष्ट्रिज प्रालि ( केटिएम सिटि) बीच अखिल नेपाल फुटबल संघलाई आवश्यक पर्ने खेल सामग्री आपूर्ति गर्ने सम्झौता गरिएको छ।

संघका महासचिव किरण राईले पदको दुरुपयोग गरी वक्यौता रकम देऊभन्दा अनेक बहाना गरी पटक पटक वार्गेनिङ्ग गरी रकम मागी लिने गरेको र रकम दिएमा अवको कन्ट्रयाक पनि तपाईँको कम्पनीलाई नै दिन्छु, भनि केटिएम सिटीबाट रकम बुझी लिने गरेको केटिएम सिटी श्रोतले जानकारी गराएको छ।’

केटिएम सिटीका सिईओ निमा शेर्पा र सोही कम्पनीको प्रतिनिधि राजु सिंहबीच भएको ह्वाट्स एप मेसेजका स्कृत सटहरूसमेत संलग्न गरिएको छ। जसमा केटिएम सिटीका सिईओ निमा शेर्पासंग किरण राईले रकम बुझेको खुल्न आउँछ।

दायर निवेदन अनुसार २३ जुन २०२३ मा दरवारमार्ग पुरानो घरबाट दिनको २:२० बजे रु. ५ लाख २ जुलाई २०२३ मा पुरानो वानेश्वर अवस्थित हट ब्रेड रेष्टुरेन्टमा अफिस टाईम पछि रु. १० लाख २० देखि २५ सेप्टेम्बरमा बानेश्वरस्थित रातो भाले रेष्टुरेन्टमा अफिस आवरपछि साँझपख १० लाख गरी कुल २५ लाख रकम लिएको दावी गरिएको छ। उक्त रकम महासचिव राईले अध्यक्ष समेतलाई बुझाउनुपर्छ भन्दै ह्वाट्स एप मेसेज गरेको देख्न सकिन्छ।

यस्तो छ उजुरी:

भ्रष्टचार गरेको भन्दै अख्तियारमा उजुरी

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button