३ माघ २०८१, बिहीबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
कोशी प्रदेश : निर्विरोध सभामुख चुनिए राप्रपाका सांसद अम्बरबहादुर विष्ट - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)कोशी प्रदेश (प्रदेश-१)ताजा समाचारदेशमुख्य समाचारराजनीतिसफलताको कथास्थानीय तह

कोशी प्रदेश : निर्विरोध सभामुख चुनिए राप्रपाका सांसद अम्बरबहादुर विष्ट

कोशी प्रदेश। राप्रपाका सांसद अम्बरबहादुर विष्ट कोशी प्रदेशको सभामुखमा निर्विरोध निर्वाचित भएका छन्। मंगलवार कोशी प्रदेशसभाको बैठकबाट उनी निर्विरोध निर्वाचित भएका हुन्।

सत्तारुढ गठबन्धनको समर्थनमा उम्मेदवार बनेका विष्टलाई एमालेले पनि समर्थन गरेपछि मतदान प्रक्रियामा जानु परेन। तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि गएको साउन १६ यता कोशी प्रदेशसभा सभामुखविहीन थियो।

सत्ता गठबन्धनको समर्थनमा सभामुखको उम्मेदवार बनेका विष्टलाई एमालेले पनि समर्थन गरेपछि सर्वसम्मत सभामुख चयन भएका हुन्।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ। वर्तमान सरकार जोगाउन सभामुख पद नेकपा एमाले र राप्रपामध्ये एउटालाई बुझाउनुपर्ने बाध्यता गठबन्धनलाई थियो।

गठबन्धन दलसँग ४७ सांसद मात्रै छन्। सरकार जोगाउन गठबन्धनले राप्रपालाई सभामुख दिएको हो। सत्ता गठबन्धनमा कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादी पार्टीका ४ र जसपाका एकजना सांसद छन्।

प्रतिपक्षमा ४० जना सांसद रहेको एमाले र ६ जना सांसद रहेको राप्रपा छ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button