५ जेष्ठ २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
अयोध्याको श्रीराम मन्दिरको प्राण प्रतिष्ठा नेपालका पूजारी दुर्गाप्रसाद गौतमले गराउने - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारशिक्षासफलताको कथासाहित्य/ सिर्जनास्थानीय तह

अयोध्याको श्रीराम मन्दिरको प्राण प्रतिष्ठा नेपालका पूजारी दुर्गाप्रसाद गौतमले गराउने

काठमाडौँ । अयोध्याको श्रीराम मन्दिरको प्राण प्रतिष्ठा नेपालका पूजारीले गराउने भएका छन् ।

राम जन्मभूमि तिर्थ क्षेत्रले गरेको निमन्त्रणा अनुसार नेपालका पुजारी दुर्गाप्रसाद गौतमले सो प्राण प्रतिष्ठा गर्ने भएका हुन् ।

अयोध्यामा श्रीराम जन्मभूमि मन्दिरमा हुने भगवान रामको मूर्ति प्राण प्रतिष्ठा समारोहको वैदिक रितिरिवाजअनुसार विशेष पूजा यही १७ जनवरीदेखि प्रारम्भ हुँदैछ जुन २२ जनवरीको प्राण प्रतिष्ठा हुँदैछ ।

यस प्राण प्रतिष्ठाको लागि गरिने विशेष पूजाको निम्ति नेपालबाट एक जना विशेष पूजारीको रुपमा गौतमलाई आमन्त्रित गरिएको हो । श्रीराम जन्मभूमि मन्दिरको शिलान्यासको बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई वैदिक मन्त्रोच्चारसहित शिलान्यास गराउने नेपाली मूलका पूजारी आचार्य गौतमलाई विशेष पूजाको लागि निम्तो गरिएको छ ।

श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका महामन्त्री चम्पत रायले दुर्गाप्रसाद गौतमलाई १६ जनवरीदेखि २२ जनवरीसम्म अयोध्याको नवनिर्मित मन्दिरमा हुन गई रहेको प्राण प्रतिष्ठाको विशेष पूजामा सहभागी हुन आग्रहसहित निमन्त्रणा पत्र पठाएका हुन् ।

झापा जिल्ला मेचीनगर निवासी आचार्य गौतमले आफूलाई प्राण प्रतिष्ठाको पूजा गराउन निम्तो पाउनु गौरवको विषय भएको प्रतिक्रिया दिएका छन् । उनले प्रधानमन्त्री मोदीलाई ५ अगस्त २०१९ मा शिलान्यास गराएको सौभाग्य प्राप्त भएको बताउँदै सोही मन्दिरको निर्माणपछि मूर्ति प्राण प्रतिष्ठामा पनि निम्तो पाउनु पूरै देशकै लागि गौरवको विषय भएको बताए ।

अयोध्याको यस प्राण प्रतिष्ठा समारोहमा सहभागी हुन नेपालका विभिन्न सम्मानित सन्त तथा धार्मिक संगठनका प्रमुखहरूलाई निम्तो आएको छ । विश्व हिन्दू परिषद्‌ नेपालका महासचिव जितेन्द्र सिंहले नेपालबाट झण्डै ३०–३५ वटा साधुसन्तहरूलाई अयोध्याबाट प्राण प्रतिष्ठामा समारोहमा निम्तो आएको जानकारी दिए ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker