Banner NewsBanner news (with photo)अर्थतन्त्रअर्थव्यवस्थाकृषिताजा समाचारदेशमुख्य समाचारराजनीतिसफलताको कथास्थानीय तह
उखु किसानको ५२ करोड बक्यौता भुक्तानी दिने सरकारको निर्णय
काठमाडौं । सरकारले उखु किसानलाई भुक्तानी दिन बाँकी ५२ करोड रूपैयाँ तत्काल भुक्तानी दिने निर्णय गरेको छ ।
आइतबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा बसेको बैठकले उखु किसानको बाँकी ५२ करोड रूपैयाँ भुक्तानी तत्काल उपलब्ध गराउने निर्णय गरेको हो ।
बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महत, कृषि तथा पशुपन्छी विकासमन्त्री डा.बेदुराम भुसाल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, मुख्यसचिव डा. बैकुण्ठ अर्याल, अर्थ मन्त्रालय, कृषि मन्त्रालय र उद्योग मन्त्रालयका सचिव लगायत उपस्थित रहेका थिए ।