१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
अमेरिकाबाट भित्र्याइएकाे एकसय आठ कार्टुन गाँजा विमानस्थलमा बरामद – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारराजनीतिसुरक्षा/अपराधसूचना / प्रबिधिस्थानीय तह

अमेरिकाबाट भित्र्याइएकाे एकसय आठ कार्टुन गाँजा विमानस्थलमा बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५५ केजी गाँजा बरामद गरिएको छ । विमानस्थलको कार्गोबाट उक्त परिमाणको गाँजा बरामद गरिएको विमानस्थल प्रहरीले जनाएको छ ।

बुधबार राति कतार एयरवेजको जहाजबाट आएको सामानमा लुकाएर ल्याएको अवस्थामा गाँजा बरामद भएको विमानस्थल प्रहरीले बताएको छ । स्पिकरको भाडोमा लुकाएर ल्याएको गाँजा कुकुरले सुँघेर पता लागेको हो । बरामद भएको गाँजा अमेरिकन रहेको बताइएको छ ।

१०८ कार्टुन गाँजा अमेरिकाबाट आएको विमानस्थलका भन्सार प्रमुख डा. टोकराज पाण्डेले बताए । उनले भने, ‘दुईदिन अघि आएको हो । फर्मको नाममा आएको छ । अहिले सबै खुलिसकेको छैन । अनुसन्धानका लागि लागू औषध विभागमा पठाएको छौं ।’

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button