६ जेष्ठ २०८१, आईतवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
काठमाडौँ महानगरपालिकाले लगायो सुर्तीजन्य पदार्थको बिक्रीमा प्रतिबन्ध - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारराजनीतिवाग्मती प्रदेशसफलताको कथास्थानीय तहस्वास्थ्य

काठमाडौँ महानगरपालिकाले लगायो सुर्तीजन्य पदार्थको बिक्रीमा प्रतिबन्ध

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि सुर्तीजन्य पदार्थको बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लगाएको छ ।

महानगरले ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरेको हो । जसअनुसार आजदेखि प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्णरूपमा निषेध/ प्रतिबन्ध गरिएको छ ।

प्लाष्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, बिँडी, तम्बाखु, सुल्फा, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोग गर्न नपाइने भन्दै महानगरपालिकाले यही मङ्सिर १२ गते सार्वजनिक सूचना जारी गरेको थियो ।

काठमाडौँ महानगरपालिकाले २०८० सालमा जारी गरेको जनस्वास्थ्य ऐनमा सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक / प्रतिबन्ध लगाउन सक्ने, निषेध गर्न सक्ने व्यवस्था छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker