११ श्रावण २०८१, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
कमल थापा : राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाका लागि जनआन्दोलन नै अन्तिम विकल्प – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचारमुख्य समाचारराजनीतिविचार दृष्टिकोणस्थानीय तह

कमल थापा : राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाका लागि जनआन्दोलन नै अन्तिम विकल्प

काठमाडौँ । कमल थापा नेतृत्वको राप्रपा नेपालले राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाका लागि जनआन्दोलन नै अन्तिम विकल्प भएको निष्कर्ष निकालेको छ ।

पार्टीको केन्द्रीय समिति बैठकले राजसंस्था निष्कर्ष निकाल्दै पार्टीको तर्फबाट आवश्यक तयारी गर्ने निर्णय गरेको छ ।

त्यसका लागि मेची महाकाली जनजागरण यात्रा गर्ने,  युवा दस्ताको तयारी गर्ने, विभिन्न चरणमा प्रशिक्षण सञ्चालन गर्ने,  जनताको माझमा राप्रपा नेपाल अभियान सञ्चालन गर्नुका साथै राजधानी केन्द्रित प्रदर्शन गर्ने केन्द्रीय समिति बैठकले निर्णय गरेको छ ।

संघीय गणतन्त्रको नाउँमा कायम वर्तमान राजनीतिक प्रणाली असफल प्रमाणित भएको दाबी गर्दै राप्रपा नेपालले जनताले विद्यमान असक्षम र भ्रष्ट शासकीय प्रणालीबाट मुक्ति खोजेको जिकिर गरेको छ । व्याप्त संकट समाधानको निम्ति संवैधानिक राजसंस्था सहितको प्रजातन्त्र, हिन्दुराष्ट्र, सुशासन र समृद्धि सहितको परिवर्तन नै आजको उपयुक्त विकल्प भएको राप्रपाको तर्क छ ।

‘उक्त विकल्प स्थापित गर्ने क्रममा राप्रपा नेपालले सहमतिको आधारमा वर्तमान संविधानमा संशोधन गरेर पनि राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापना गर्न सकिने तथा सो सम्भव नभएमा जनआन्दोलन नै अन्तिम विकल्प हुने राप्रपा नेपालको निष्कर्ष समेत रहेको छ’, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।

आन्दोलनलाई सफल तुल्याउन राष्ट्रवादी, देशभक्त र प्रजातन्त्रवादी सबैको एउटा साझा “वृहत् राष्ट्रिय मोर्चा” निर्माणको लागि राप्रपा नेपालले प्रस्ताव गरेको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button