१९ फाल्गुन २०८०, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
विमानस्थलबाट बरामद सुन सार्वजनिक, दुई-दुई किलोका सात बिस्कुट - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)अर्थतन्त्रअर्थव्यवस्थाताजा समाचारदेशबिचित्रमुख्य समाचारराजनीतिसुरक्षा/अपराध

विमानस्थलबाट बरामद सुन सार्वजनिक, दुई-दुई किलोका सात बिस्कुट

काठमाडौँ । भन्सार कार्यालयले त्रिभुवन विमानस्थलबाट बरामद गरेको सुन सार्वजनिक गरेको छ।

बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद भएको थियाे। सुनसहित गोरखाका चन्द्र घले पक्राउ परेका छन्।

फ्लाई दुबईको उडान नम्बर एफजेड–५७३ बाट राति ११ः४० बजे विमानस्थल उत्रिएका घलेलाई विमानस्थल भन्सारले सुनसहित पक्राउ गरेको थियाे।

विमानस्थल भन्सार प्रमुख डा. टोकराज पाण्डे नेतृत्वको टोलीले मध्यराति विशेष सुराकीको आधारमा खानतलासी गर्दा उक्त परिमाणको सुन बरामद गरेको भन्सार कार्यालयले जनाएकाे छ। भन्सार प्रमुख डा. पाण्डेका अनुसार बरामद सुन दुई–दुई किलोका सातवटा बिस्कुट छन्।

Nepal Rastra Khabar

Nepal Rastra Khabar is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker