६ जेष्ठ २०८१, आईतवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
एनसेल अजियाटा : स्पेक्ट्रलाइट युकेले किन्यो बाँकी ८० प्रतिशत सेयर - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशप्राविधिक समाचारमुख्य समाचारराजनीतिसूचना / प्रबिधि

एनसेल अजियाटा : स्पेक्ट्रलाइट युकेले किन्यो बाँकी ८० प्रतिशत सेयर

काठमाडौं । अजियाटा समूहको नाममा रहेको  ८० प्रतिशत सेयर स्थानीय साझेदार सिंगापुरमा बस्ने नेपाली सतिशलाल आचार्यकै कम्पनीले खरिद गरेको छ।

उक्त कम्पनीले आजियाटा सँग सेयर किन्न सम्झौता गरेको एनसेलले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।‘एनसेलको सेयर प्राप्तिको लागि सम्झौता भएको घोषणा गर्न पाउँदा स्‍पेक्ट्रलाइट खुसी छ,’ आचार्यले भनेका छन्, ‘दूरसञ्चार क्षेत्रमा रहेको मेरो अनुभवलाई आविष्कार, लगानी र नेपाली जनतालाई सेवा प्रदान गर्न एनसेलको व्यवस्थापनसँग काम गर्नेछु।’

बुधबार अजियाटा समूहले एनसेलबाट बाहिरिने घोषणा गरेको थियो। व्यवसायिक चुनौती बढेको भन्दै अजियाटाले नेपालबाट बाहिरिने घोषणा गरेको हो। यसअघि पनि स्वीडिस कम्पनी टेलिया सोनेराले कम्पनीको सेयर बिक्री गरेको थियो। अजियाटा एनसेलको नाममा रहेको रियोन्डस होल्डिङको ८० प्रतिशत सेयर बिक्री गर्न लागेको हो।

नेपालको कर नीति र नियमनमा रहेको अनिश्चिताका कारण अजियाटा बाहिने निर्णय गरेको हो। सन २०१६ मा अजियटाले टेलिया सोनेराको सेयर खरिद गरेर एनसेलमा प्रवेश गरेको थियो।त्यसबेला टेलिया सोनेराको ८० प्रतिशत सेयर अजियाटाले १ खर्ब ४४ अर्ब रुपैयाँमा किनेको थियो।

उक्त समयमा पनि खरिद बिक्री प्रकृया बेलायतमा भएको थियो। सो खरिदमा पुँजीगत लाभ कर छली भएको भन्दै सर्वोच्च अदालतमा मुद्दा परेको थियो।सर्वोच्च अदालतले जुनसुकै कम्पनीले सेयर खरिद बिक्री गरेपनि एनसेलले नेपाल सरकारलाई पुँजीगत लाभ कर तिर्नुपर्ने भन्दै करसमेत निर्धारण गरेको थियो। सर्वोच्चको निर्णय पश्चात एनसेलले सरकारलाई आधा खर्बभन्दा बढी कर तिरेको थियो।

यता फेरि  एनसेलको शेयर बेच्ने मलेसियन कम्पनी आजियाटाको निर्णयविरुद्ध परेको रिटमा उच्च अदालत पाटनले दुबै पक्षलाई छलफलका लागि बोलाएको छ ।न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले कारण देखाउ आदेश जारी गरी दुवै पक्षलाई बोलाएको हो । मंसिर २५ गते दुबै पक्षलाई छलफलका लागि बोलाइएको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker