जनमत बिद्रोह : गणतान्त्रिक व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन जारी राख्ने दुर्गा प्रसाईंको घोषणा
काठमाडौं । मेडिकल व्यवसायी तथा गणतन्त्र विरोधी दुर्गा प्रसाईंले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन जारी राख्ने घोषणा गरेका छन् ।
प्रसाईले शुक्रवार बिहान आफ्नै घरमा जम्मा भएका केही सञ्चारमाध्यमसँग कुरा गर्दै प्रसाईले आफ्ना लागि आन्दोलन नगरी नागरिकका लागि गरेको दाबी गरे । उनले आफूलाई जहाँ लगेर थुने पनि कुनै आपत्ति नरहेको पनि बताए ।
‘मलाई यसरी एरेस्ट गर्छन् भने ठिक छ । मलाई कुनै आपत्ति छैन’, उनले भने, ‘म क्यान्सर सरभाईभल मान्छे हो । म कहिलेसम्म बाच्ने हो थाहा छैन ।’ उनले प्रधानमन्त्रीले हिजो के बाचा गरेर आउनुभएको थियो? त्यो बाचा पुरा गर्नुभएको छ कि छैन? भनेर प्रश्न समेत गरे । सरकारले प्रसाईको घरमा व्यापक
प्रसाईंले आफु घर एरेस्टमा रहेको भन्दै सरकारले तीनकुनेमा प्रदर्शन नदिएपनि देशभर प्रदर्शन हुने बताए । उनले अहिले आफू हाउस एरेस्टमा रहेपनि भरे आफैं प्रहरी प्रधान कार्यालय उपस्थित हुने बताए ।