२४ बैशाख २०८१, सोमबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
बिबिसीको १०० प्रभावशाली महिलामा नेपालकी रुक्सना कपाली
Banner NewsBanner news (with photo)ताजा समाचारदेशफिचरमुख्य समाचारसफलताको कथासूचना / प्रबिधि

बिबिसीको १०० प्रभावशाली महिलामा नेपालकी रुक्सना कपाली

काठमाडौं । बीबीसीले सार्वजनिक गरेको सन् २०२३ का विश्वका प्रभावशाली १०० महिलाको सूचीमा नेपालकी रुक्सना कपाली पनि परेकी छन्।

सोमबार सार्वजनिक भएको उक्त सूचीमा ‘पारलिंगी महिला’ (ट्रान्सजेन्डर वुमन) रुक्सना कपाली पनि परेकी हुन्।

यौनिक तथा लैंगिक अल्पसंख्यक अभियन्ताका रूपमा कार्यरत रुक्सना कपाली ले लैंगिक तथा यौनिकताका विविध आयामबारे आफैं सिक्दै गएको बीबीसीले जनाएको छ।

उनले हुर्कंदै गर्दा आफ्नो पहिचानका बारेमा कसैबाट पनि जानकारी नपाएको बीबीसीको परिचयमा उल्लेख छ। एलएलबी तेस्रो वर्षमा अध्ययनरत रुक्शना नेपालका एलजीबीटीक्यू प्लस समुदायलाई कानुनी र संवैधानिक अधिकार दिलाउन संघर्षरत रहेकी छन्।

उनी हाउजिङ क्याम्पेनरअन्तर्गत १०० प्रभावशाली महिलाको सूचीमा परेको पनि बीबीसीले जनाएको छ।

यस वर्ष जलवायु अभियन्ता, संस्कृति तथा शिक्षा, मनोरञ्जन र खेलकुद, राजनीति र वकालत तथा विज्ञान, स्वास्थ्य र प्रविधि विधामार्फत प्रभावशाली १०० महिला छानिएको पनि बीबीसीले उल्लेख गरेको छ।

यस वर्ष बीबीसीको सूचीमा पूर्व अमेरिकी प्रथम महिलासमेत रहेकी लेखक तथा वकिल मिसेल ओबामा, मानव अधिकारको वकालत गर्दै आएकी अमाल क्लूनी, ब्लोन डी’ओर विजेता फुटबलर, एइताना बोनमाटी, एआई विज्ञ टिमनिट गेब्रु, हलिउड स्टार अमेरिका फेरेरा र बलिउड अभिनेत्री दिया मिर्जालगायत रहेका छन्।

यस वर्षको सूचीमा जलवायु परिवर्तनसँग सम्बन्धित क्षेत्रमा लागिरहेका २८ जना महिला पनि रहेका छन्।

यसअघि बीबीसीले सन् २०२० मा प्रभावशाली महिलाको सूचीमा नेपालकी सपना रोका मगरलाई समावेश गरेको थियो। सपनाले बेवारिसे शवहरुको व्यवस्थापन गर्दै आएकी छन्।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker