६ जेष्ठ २०८१, आईतवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
नक्कली नोट सहित काठमाडौँबाट दुई महिला पक्राउ - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)अर्थतन्त्रअर्थव्यवस्थाताजा समाचारदेशबिचित्रमुख्य समाचारसुरक्षा/अपराधस्थानीय तह

नक्कली नोट सहित काठमाडौँबाट दुई महिला पक्राउ

काठमाडौं । नक्कली नेपाली नोट सहित दुई जना महिला काठमाडौंबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा शंखरापुर नगरपालिका-७ कोलागाल डेरा गरी बस्ने सिन्धुपालचोक जलविरेकी ४९ वर्षीया सिर्जना थापा र बुढानिलकण्ठ नगरपालिका-१२ कपन डेरा गरी बस्ने ओखलढुंगा कुईवीर गाउँपालिका-४ की ४१ वर्षीया मैया कुमारी घिमिरे रहेका छन् ।

सिर्जनाको साथबाट १ हजार दरको १ सय ४० थान र कुमारीको साथबाट १ हजार दरको २१ थान नक्कली नोट बरामद भएको छ ।

सिर्जना र मैया कुमारीले नक्कली नोट को कारोबार गर्ने गरेको भन्ने सूचनाको आधरमा प्रहरी प्रभाग साँखु र प्रहरी प्रभाग कपनको प्रहरीले शंखरापुर नगरपालिका-७ कोलागालबाट सिर्जनालाई सोमबार राति र प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले मैया कुमारीलाई बुढानिलकण्ठ नगरपालिका-१२ कपन निलोमाईक्रो पार्क नजिकबाट सोमबार साँझ पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker