३ चैत्र २०८१, सोमबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
गणतन्त्रलाई संस्थागत गर्न सबै जिम्मेवार हुनुपर्नेमा प्रधानमन्त्री दाहालको जोड - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचारमुख्य समाचारराजनीतिविचार दृष्टिकोण

गणतन्त्रलाई संस्थागत गर्न सबै जिम्मेवार हुनुपर्नेमा प्रधानमन्त्री दाहालको जोड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सबै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिएका छन् ।

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ द्वारा लिखित पुस्तक ‘यात्रा जिन्दगी’ को लोकार्पण गर्दै प्रधानमन्त्रीले दस वर्षे जनयुद्ध र विस्तृत शान्ति सम्झौता मुलुकको राजनीतिक प्रक्रियाको ठूलो महत्व रहेको बताए ।

उनले पुनको पुस्तक ‘यात्रा जिन्दगी’ सरलता र इमानदारीको प्रतीक भएको बताए । प्रधानमन्त्रीले भने, ‘’पुनको पुस्तकमा भएका कतिपय सन्दर्भहरू आजको परिस्थितिमा मेल खाँदैनन् तर उहाँले पुस्तकमा आफ्नो जीवनमा जस्तै सरलता र इमानदारी प्रस्तुत गर्नुभएको छ ।

उहाँ सबैलाई मिलाउन सक्ने कुशल व्यक्तित्व हो। उहाँ छलकपटरहित, मिलनसार व्यक्तित्व हुनुहुन्छ ।’ प्रधानमन्त्री दाहालले पृथ्वीनारायण शाहको एकीकरण अभियानपछि नेपालमा जनस्तरबाट गरिएको सबैभन्दा ठूलो त्याग र विद्रोह जनयुद्ध नै भएको बताए ।

‘पृथ्वीनारायण शाहको आधुनिक नेपाल निर्माण अभियानपछि सबैभन्दा ठूलो त्याग र विद्रोह जनयुद्ध नै थियो । त्यसैले गणतन्त्रपछि पहिलोपटक मैले नै पृथ्वी जयन्ती र जनयुद्ध दिवसमा सार्वजनिक विदाको घोषणा गरेँ ।

त्याग र बलिदानको कीर्तिमान एवं मुलुकको आमूल परिवर्तनमा जनयुद्धको भूमिका अद्वितीय छ । अहिले यसमाथि विभिन्न खालका बहस पनि छन् । एकदिन जनयुद्धको जीवन्त इतिहास लेखिने नै छ’ प्रधानमन्त्रीले भन्नुभयो ।’

घोस्ट राइटिङ नेपाल, लेखन कुञ्जद्वारा प्रकाशित उक्त पुस्तकमा जनमुक्ति सेनाको कमाण्डरदेखि उपराष्ट्रपतिसम्मका विभिन्न भोगाइ र अनुभूतिलाई प्रस्तुत गरिएको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button