१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
पोर्चुगलमा नेपाली दूतावास स्थापना गरिने, सनिल नेपाललाई राजदूत सिफारिस – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारराजनीतिसफलताको कथासूचना / प्रबिधि

पोर्चुगलमा नेपाली दूतावास स्थापना गरिने, सनिल नेपाललाई राजदूत सिफारिस

काठमाडौं । सरकारले युरोपको पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने भएको छ । आज बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री रेखा शर्माले पोर्चुगलमा नेपाली दूतावास स्थापना गरि सनिल नेपाललाई राजदूत सिफारिस गर्ने निर्णय भएको जानकारी दिए ।

हाल विभिन्न २५ देशमा नेपाली राजदूतावास छन् । अब पोर्चुगलमा थपिने भएसँगै २६ देशमा नेपाली राजदूतावास हुनेछन् ।

सरकारले गएको कात्तिक पहिलो साता बसेको मन्त्रिपरिषद् बैठकले युरोपेली मुलुक पोर्चुगलमा आवासीय दूतावास खोल्ने निर्णय गरेको थियो । पोर्चुगलमा दूतावास खोल्ने विषयमा प्रश्न उठेका बेला सरकारले निर्णय गरेर पनि सार्वजनिक गरेको थिएन । सरकारले एकैपटक बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट राजदूत नियुक्त गरेको सूचना सार्वजनिक गरेको हो ।

हाल नेपालका विभिन्न देशमा ३० आवासीय दूतावास, ३ स्थायी नियोग र ७ महावाणिज्य दूतावास गरी विदेशमा ४० वटा कूटनितिक नियोगहरू सञ्चालन गरिरहेको छ ।

राज्यकोषबाट बर्सेनि अर्बौं खर्च गरेर खोलेका ती नियोगबाट उचित प्रतिफल लिन नसकेको भन्दै आलोचना भइरहेका बेला सरकारले पोर्चुगलमा पनि दूतावास खोलेर राजदूत नियुक्त गरेको हो ।

सरकारले गत असारमा जारी गरेको बजेटमा पनि दूतावास संख्या पुनरवलोकन गर्ने उल्लेख गरेको थियो ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button