६ जेष्ठ २०८१, आईतवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
रेशम चौधरी विरूद्धको मुद्दाको सुनुवाइ स्थगित - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारराजनीतिसुरक्षा/अपराधस्थानीय तह

रेशम चौधरी विरूद्धको मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं । रेशम चौधरीविरूद्धको मुद्दामा पाँच महिनापछि तोकिएको सुनुवाइ स्थगित भएको छ।

सर्वोच्च अदालतमा आज तोकिएको सुनुवाइ स्थगित भएको अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए। सर्वोच्च अदालतमा गोला थुतेर इजलास तोकिन्छ। सोही प्रक्रियाअनुसार रेशम चौधरी विरूद्धको मुद्दा स्थगितमा परेको सूचना अधिकारी घिमिरेले जानकारी दिए।

टीकापुर घटनामा दोषी ठहर भई डिल्लीबजार कारागारमा रहेका रेशम चौधरी राष्ट्रपतिबाट कैद मिनाहा भई गत जेठ १५ गते थुनामुक्त भएका थिए।

०७२ भदौमा टीकापुरमा २ वर्षीय बालक र एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना प्रहरी मारिएको घटनामा सर्वोच्च अदालतले ०७५ फागुनमा रेशम चौधरी लाई दोषी ठहर गर्दै सर्वश्वसहित जन्मकैद फैसला सुनाएको थियो।

गणतन्त्र दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले कैदमिनाहा गरेपछि रेशम चौधरी गत जेठ १५ गते डिल्लीबजार कारागारबाट रिहा भएका थिए।

टीकापुर घटनामा मृत्यु भएका तत्कालीन एसएसपी लक्ष्मण न्यौपानेको परिवारले रेशम चौधरीको कैद मिनाहाविरूद्ध सर्वोच्चमा रिट दिएका थिए।

जेठ २३ गते न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गर्दै उक्त मुद्दामा अदालतले अग्राधिकार दिएको थियो।

अग्राधिकार दिएपनि पाँच महिनापछि सुनुवाइ तोकिएको मुद्दा स्थगित भएको हो।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker