१७ मंसिर २०८०, आईतवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
कोसी प्रदेश सरकारलाई दिएको समर्थन एमालेले फिर्ता नलिने - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशप्रदेश १मुख्य समाचारराजनीतिस्थानीय तह

कोसी प्रदेश सरकारलाई दिएको समर्थन एमालेले फिर्ता नलिने

काठमाडौँ । नेकपा एमालेले कोसी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ ।

सोमबार विराटनगरस्थित प्रदेशसभा भवनमा बसेको नेकपा एमाले कोशी प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकारबाट फिर्ता भएपनि समर्थन भने जारी राख्ने निर्णय गरेको एमाले कोसी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए।

उनले सरकारलाई दिएको समर्थन तत्काललाई फिर्ता नलिने तर प्रमुख प्रतिपक्षी दलका रुपमा प्रदेशसभा बैठकमा बस्ने निर्णय भएको बताए। एमालेका ३९ जना प्रदेश सांसदहरुको समर्थनमा कोशी प्रदेशमा केदार कार्की नेतृत्वमा प्रदेश सरकार गठन भएको छ।

एमालेले समर्थन फिर्ता लिने वित्तिकै मुख्यमन्त्री केदार कार्कीले पुनः विश्वासको मत लिनुपर्ने अवस्था छ ।

तर, एमालेले कोसी सरकारलाई दिएको समर्थन फिर्ता नगर्ने भएपछि मुख्यमन्त्री कार्कीले तत्काल पुन: विश्वासको मत लिनुपर्ने अवस्था हटेको छ। गठबन्धन दलका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट प्रदेश सरकारमा मन्त्री नियुक्त गरिएपछि असन्तुष्टि जनाउँदै एमाले प्रदेश सरकारबाट बाहिरिएको थियो ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker