१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
नेपाल र कोरिया बिच नयाँ कृषि सहकार्यको सम्झौता, ‘पढ्दै कमाउने’ सम्भावना – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारसूचना / प्रबिधि

नेपाल र कोरिया बिच नयाँ कृषि सहकार्यको सम्झौता, ‘पढ्दै कमाउने’ सम्भावना

काठमाडौँ । नेपाल र दक्षिण कोरियाका कृषिमन्त्रीबिच दुई देशको कृषि क्षेत्रबिच समझदारीको हस्ताक्षर पत्रमा सम्झौता भएको छ ।

नेपालका कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसाल र दक्षिण कोरियाका कृषि, खाद्यान्न र ग्रामीण मामिला मन्त्री चुङ ह्वाङ्गकेउनबिच समझदारी पत्रमा हस्ताक्षर भएको हो । नेपाल भ्रमणमा रहेका कोरियाली कृषि मन्त्रीसँगको सम्झौताले नेपालमा कृषि क्षेत्रले फड्को मार्ने मन्त्रालयको भनाई छ ।

नेपाल र दक्षिण कोरियाका कृषि मन्त्रीले हस्ताक्षर गरेको सम्झौता पत्रमा दुवै पक्षले आ–आफ्नो राष्ट्रिय कानुन र नियमावली बमोजिम दुई देशबिचको कृषि विज्ञान तथा प्रविधि र कृषि तथा पशुपन्छी उत्पादनलाई प्रोत्साहन दिने उल्लेख छ । यस्तै, कृषि प्रशोधन र कृषि उत्पादनको क्षेत्रमा सहयोगलाई सुदृढ ढंगले अगाडि बढाउन समेत दुई देश सहमत बनेका छन् ।

सम्झौता कार्यान्वयनबाट कृषि तथा पशुपन्छी क्षेत्रको अध्ययन, अनुसन्धान तथा विकास, पूर्वाधार विकास र क्षमता अभिवृद्धिमा दुई देश बिचको सहयोग र सहकार्य गर्न सकिने बताइएको छ । यस्तै, सम्झौतामा नेपाल कृषि अनुसन्धान परिषद् र कोरियाको कृषि अनुसन्धान परिषद् बिचको सहकार्यमा कृषि क्षेत्रको अनुसन्धानका कार्यहरू अगाडी बढाउने अवसर सिर्जना खोजिनेछ ।

दुई देशका कृषि विश्वविद्यालयहरूको सहकार्यमा कृषि अनुसन्धान तथा अध्ययनका कार्यहरू अगाडी बढाउने, दुई देशबिचको सहयोग र सहकार्यमा कृषि तथा पशुपन्छी विकासको क्षेत्र व्यावसायिक बनाउने र कृषि पूर्वाधारहरूको विकास तालिम केन्द्र निर्माण, कृषि बजार विकासमा सहकार्य गर्न सकिने व्यवस्था छ ।

यसबाहेक, कृषि क्षेत्रसँग सम्बन्धित प्राविधिक मानव संसाधन, युवा कृषकहरू तथा निजी क्षेत्रमा कृषि उद्यमीहरूको क्षमता अभिवृद्धि गर्न सकिने छ ।नेपाली कृषि स्नातक विद्यार्थी तथा युवा कृषकहरूको लागि सिक्ने र कमाउने अवसरको लागि कोरिया राम्रो गन्तव्य बन्न सक्नेछ । यसैगरी, नेपालमा विशेष गरी कृषि र पर्यटनको क्षेत्रमा लगानीको सम्भावना भएको हुनाले कोरियाको विशेषज्ञता तथा सहयोग यस क्षेत्रको विकासको लागि महत्त्वपूर्ण हुने सम्झौता पत्रमा उल्लेख छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button