स्टयान्डर्ड चार्टर्ड बैंकको ५ वर्षयताकै उच्च लाभांश प्रस्ताव, यस्तो छ बैंकको लाभांश इतिहास
काठमाडौँ । स्टयान्डर्ड चार्टर्ड बैंकले पाँच वर्षयताकै उच्च लाभांश प्रस्ताव गरेको छ। स्टयान्डर्ड चार्टर्ड बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले १९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो। जुन पछिल्लो चार आर्थिक वर्ष यताकै बढी लाभांश दर हो।
स्टयान्डर्ड चार्टर्ड बैंकको यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
स्टयान्डर्ड चार्टर्ड बैंकले अघिल्लो आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई १६.५१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो भने त्यसअघि १३.०६ प्रतिशत, आर्थिक वर्ष २०७६/७७ मा ११.८४ र आव २०७५ र ७६ मा २२.५ र आव २०७४ र ७६५ मा १७.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
संस्थापक समूहको ७५ प्रतिशत सेयर स्वामित्व र सर्वसाधारण समूहको २५ प्रतिशत सेयर स्वामित्व रहेको यस बैंकको चुक्ता पूँजी ९ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । नेपालमा कर्पोरेट बैंकिङ अग्रणी बैंकमा रहेको यो बैंकले विगत २४ वर्षदेखि लाभांश वितरण गर्दै आएको छ । यस बैंकले हालसम्म्म न्यूनतम ११.८४ प्रतिशतदेखि अधिकतम् १४० प्रतिशतसम्म लाभांश वितरण गरेको छ ।
यस्तो छ स्टयान्डर्ड चार्टर्ड बैंकको लाभांश इतिहास :
आर्थिक वर्ष २०६५/६६ मा ५० प्रतिशत बोनस र ५० प्रतिशत नगद लाभांश
आर्थिक वर्ष २०६६/६७ मा ५५ प्रतिशत बोनस र १५ प्रतिशत नगद गरि कूल ७० प्रतिशत लाभांश
आर्थिक वर्ष २०६७/६८ मा ५० प्रतिशत नगद लाभांश
आर्थिक वर्ष २०६८/६९ मा १५ प्रतिशत बोनस र ४५ प्रतिशत नगद गरि कूल ६० प्रतिशत लाभांश
आर्थिक वर्ष २०६९/७० मा १० प्रतिशत बोनस र ४० प्रतिशत नगद गरि कूल ५० प्रतिशत लाभांश
यस्तै, बैंकले आर्थिक वर्ष २०७०/७१ मा १० प्रतिशत बोनस र ४१.५ प्रतिशत नगद गरि कूल ५१.५ प्रतिशत लाभांश
आर्थिक वर्ष २०७१/७२ मा २५ प्रतिशत बोनस र १९.२१ प्रतिशत नगद गरि कूल ४४.२१ प्रतिशत लाभांश
आर्थिक वर्ष २०७२/७३ मा ३३.३३ प्रतिशत बोनस र १.७५ प्रतिशत नगद गरि कूल ३५.०८ प्रतिशत लाभांश
आर्थिक वर्ष २०७३/७४ मा १०० प्रतिशत बोनस र ५.२६ प्रतिशत नगद गरि कूल १०५.२६ प्रतिशत लाभांश
आर्थिक वर्ष २०७४/७५ मा १७.५ प्रतिशत नगद लाभांश
आर्थिक वर्ष २०७५/७६ मा २२.५ प्रतिशत नगद लाभांश
आर्थिक वर्ष २०७६/७७ मा ७ प्रतिशत बोनस र ४.८४ प्रतिशत नगद गरि कूल ११.८४ प्रतिशत लाभांश
आर्थिक वर्ष २०७७/७८ मा १० प्रतिशत बोनस र ३.०६ प्रतिशत नगद गरि कूल १३.०६ प्रतिशत लाभांश
आर्थिक वर्ष २०७८/७९ मा १६.५१ प्रतिशत लाभांश