१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
डाक्टरकाे लापरवाहीले छाेरीकाे ज्यान गएकाे भन्दै न्याय माग्दै परिवार – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारवाग्मती प्रदेशसुरक्षा/अपराधस्थानीय तहस्वास्थ्य

डाक्टरकाे लापरवाहीले छाेरीकाे ज्यान गएकाे भन्दै न्याय माग्दै परिवार

काठमाडौं । अस्पताल र डाक्टरकाे लापरबाहीले ज्यान गुमाउनु परेकाे भक्तपुरकी नितु दुवालकाे परिवारले छाेरीकाे न्यायकाे लागि उचित छानबिनकाे लागि आवज उठाइदिन अपिल गर्नु भएकाे छ ।
विदेश पढ्न जान लागेकी छाेरी अनुहारकाे डण्डीफाेर सफा गर्न भन्दै भक्तपुरकाे ख्वप अस्पतालमा चेकजाँच गर्न गएकी छाेरी डक्टरकाे लापरवाहीले ज्यान गएकाे परिवारकाे दाबी छ ।
गलत औषधी लेखेर दिएपछि साेही औषधी सेवन तथा प्रयाेग गरेकाे कारण नै नितुकाे  ज्यान गएकाे परिवारले बताएकाे छ । आमा गिता  दुवाल सामाजिक संज्जाल फेसबुकमा छाेरी नितुको न्यायको लागि सबैले आवाज उठाई दिन अपिल गर्नु भएकाे छ ।
नितु तिमीले यो संसार छोडेर गएको आज ४५ दिन पुगेछ । तिम्रो स्वर्गमा बास राम्रै होला हामी यहाँ तिमीलाई सम्झेर आज ४५ दिनको पुण्यतिथि कर्म गरी रहेकाछौं आज । सदा सर्बदा स्मरण अनि मन मुटुदेखि श्रद्धासुमन र श्रद्दाञ्जली अर्पण गदछौं । तिम्रो भौतिक शरीर यो संसारमा नभएपनि तिमी संधै हामी हाम्रो परिवारमा हिजो जस्तै आज पनि हुनेछ भोली पनि हुनेछ तिमी हाम्रो मुटुको टुक्रा भएर हृदयमा सधै हुनेछ ।
जानी नजानी तिमीलाई अकाल मृत्युबरणमा पुर्याउनेहरु बिरुद्ध कार्यबाही हुनुपर्ने र तिमीले न्याय पाउनुपर्ने कुरामा हामी निरन्तर छलफलमा छौं । परिवार इष्टमित्र आफन्तजन सबैले आवाज उठाइरहेका छन ताकि अरुको लापरबाहीले तिम्रो जस्तो अकाल मृत्यु आगामी दिनमा कसैले भोग्न नपरोस तिम्रो जस्तो पिडा कसैलाई नपरोस ।
तिम्रो मृत्युका बारेमा सत्य कुरा के रहेछ लाखौं जनतालाई त थाहा भै नै सकेका छन तर पनि केही बुझेर पनि बुझ पचाएकाहरुले गरेका अस्वाभाबिक पश्नहरुले हाम्रो जलिरहेको घाउमा घिउ थप्ने दुष्कमहरु निरन्तर हुनुले पिडा माथि पिडा भोगीरहेकाछौ र आज ४५ दिनको तिम्रो सम्झनामा तिमी कसरी अकाल मृत्युमा पुग्न बाध्य भए केही कुरा खुलस्त गर्न र तिम्रो न्यायको लागि लेख्न बाध्य भएका छौं । तिमी बितेको बज्रपातपूर्ण शोक र दुःखका बेलामा हामीलाई समबेदना, सान्वना र सद्भावहरु व्यक्त गर्ने तमाम आफन्तजन इष्टमित्र, छरछिमेकीहरु प्रति हाम्रो गहिरो धन्यबाद छ ।
अध्ययनको शिलशिलामा १ बर्षको इन्टर्नको लागि २०८० भाद्र २८ गते (१४ सेप्टेम्बर) मा बिदेशी मुलुक हङकङ जाने फिक्स गरेर बसेकी नितुको अनुहारमा डण्डीफोरले दुःख दिईरहेको थियो । अलिक अनुहार सफा गरेर बिदेश जान भगवान सरी माने डाक्टर देखाउन मिति २०८०।३।२२ गते ख्वप अस्पतालमा चेक जाँच गर्न गएकी थिईन । रगत र एलर्जी परिक्षण बिना नै MINOCIN र ACNETRATE औषधी लेखेर दिएपछि ती औषधी खाएकी थिइन । त्यो औषधीको Reaction वा एलर्जी हुन सक्ने तर्फ कुनै सचेत गर्ने गराउने काम पनि भएन । केही दिनपछि ज्वरो, खोकी लाग्न थाल्यो । मिति २०८०।४।२ मा त्यहीं ख्वप अस्पतालमा लिएर जाँदा त्यहीं MINOCIN / ACNETRATE नै औषधी निरन्तर खान लेखी दियो त्यो दिनको अस्पतालको प्रेस्कीप्सनमा डा. नितु मानन्धर नाम लेखेको पाइयो वहाँ छालाको डाक्टर पनि होइन रहेछ साथै फिजिसियन पनि देखाउन भनियो अनि देखाइयो ।
टाइफाईड र ज्वरोको लागि औषधी मात्रै लेखिदियो । ती डाक्टरहरुले लेखि दिएको औषधी खाएर निको हुनुको साटो बान्ता हुने, वाक्कवाक्क हुने, ज्वरो आएर गाह्रो हुन थालेपछि मिति २०८०।४।१४ मा बिहानै ४:०० बजेतिर ख्वप अस्पतालमा इमर्जेन्सीमा लिएर गएपछि तत्काल भर्ना गरियो । भर्ना भएर उपचार हुँदै गर्दा नितुको हालत झन झन खराब हुँदै गयो । औषधीको Reaction हुन सक्ने तर्फ ध्यान कसैले पनि दिएन । उपचारको क्रममा ज्वरो आईरहने, जिउभरि एलर्जी, जीउभरि रातो रातो बिमिराहरु, जिउ सुनिएको, छाला रातो हुँदै गयो । औषधीको Reaction हो वा एलर्जी के हो भन्ने तर्फ कुनै परिक्षण नै गरिएन खाली कडा एन्टीबायोटिक्स र ज्वरोको औषधी चाहिने भन्दा बढी डोज दिईरह्यो ।
नितुको शरीरले थाम्न सकेन कलेजोमा समस्या देखिन थाल्यो, जण्डिस देखिन थाल्यो, जतिल भैसकेको ख्यालै पनि राखेन ठिक हुन्छ चिन्ता नगर मात्रै भनी हामीलाई सान्वता दिने काम मात्रै भयो । नितुको स्वास्थ्य अबस्थामा सुधार नभएपछि अन्त अस्पताल लान्छु रिफर दिनु भन्दा शुरुमा रिफर दिनै मानेन र त्यहाँका स्टाफ नर्सको ब्यबहार निको लागेन । हाम्रै जवरजस्ती अनुराधमा नितुलाई मिति मिति २०८०।४।२१ मा बि एण्ड बि मा उपचारको लागि लिएर गयौं । ख्वप अस्पतालका डाक्टरले दिएका औषधी सबै हेरेर औषधी सबै बन्द गरी सबै प्रकारका स्वास्थ्य जाँच परिक्षणहरु गर्दा नितुलाई Drug Hypersensitivity Reaction भएको छ भनी भर्ना भई उपचार गराइयो । त्यहाँबाट पनि नितुलाई lupus सम्वन्धी बिशेषज्ञ डा. देखाउन सल्लाह दिए अनुसार डा. बुद्धी पौडेललाई देखाउँदा नितुको स्वास्थ्य अबस्था जटिल बनी सकेको छ पाटन अस्पतालमा भर्ना गरौं भने सल्लाह अनुसार मिति २०८०।५।१९ गते पाटन अस्पतालमा भर्ना गरी उपचार गराएका थियौं ।
नितुलाई Exfoliating Dermatitis due to medicine or DRESS and TEN disease निदान गरी बिभिन्न बिकल्प सहित उपचार गर्न खोज्दा पनि कुनै सीप नलागेको र मिति २०८०।५।३१ मा नितुको देहान्त हुँदा मुख्यत Drug reaction with Eosinophilia and systematic symptoms (DRESS) लाई मृत्युको कारण भनेको छ । जिउका छाला सबै जलेर अत्यन्तै पिडा र कष्टदायी मृत्यु भएको थियो । यहीं हो नितुको अकाल मुत्युबरण बास्तबिक सत्य तथ्य ।
यहीं सत्यतथ्य अस्पतालका डाक्टरहरु, स्वास्थ्यकर्मिहरु, मेडिकल डाइरेक्टर सबैलाई थाहा नभएको होईन । त्यही भएर मृत्यु हुनु ४ दिन अगाडि ख्वप अस्पतालका मेडिकल डाइरेक्टरले नितुको मामासंग कुरा गरेका थिए । त्यहीं दिन पाटन अस्पतालमा ख्वप अस्पतालमा नितुको उपचारमा संलग्न डाक्टर, प्रशासक, ८ र ९ वडाका वडा अध्यक्षज्यूहरु, माननीय प्रेम सुवाल लगायत पाटन अस्पतालमा नितुको स्वास्थ्य अबस्था बुझ्न आउनुभएको थियो त्यस्तै हामी शोकमा हुँदाका बखतमा हाम्रो घरमा आएर हामी छौं हामी नितुलाई न्याय दिन्छौं भनेर मेयरज्यू, वडा अध्यक्षज्यूहरु, साथीभाईहरु सबैले दिनुभएको आश्वासनमा बिश्वस्त भई नितुले न्याय पाउने आशामा अहिलेसम्म हामी बसी आएका छौं आज ४५ दिन बितिसकेको रहेछ ।
कहिले पाउने हो नितुले न्याय ? हाम्रो भनाइ यति मात्रै हो कि डाक्टरको चरम लापरबाहीबाट नितुले २२ बर्षको उमेरमा अकाल मृत्युबरण गर्नुपर्यो ती लापरबाहीमा संलग्न डाक्टरहरुलाई कार्यबाही हुनुपर्छ । नितुको अकाल मृत्युबरणले पुर्याएको अपुरणीय क्षतिको कुनै पूर्ति हुन्छ भन्ने त्यो को नितुलाई न्याय । न्याय चाहियो भनेको हो हामीले । नितुको न्यायको लागि सबैले आवाज उठाई दिन हाम्रो बिनम्र अनुरोध छ ।
नितुको पिता माता र दिदी : राध्येश्याम दुवाल, गीता दुवाल र कविता दुवाल

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button