२३ बैशाख २०८१, आईतवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
आइसिसी टि२० विश्वकप छनोट : मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)खेलकुदताजा समाचारदेशमुख्य समाचारसफलताको कथा

आइसिसी टि२० विश्वकप छनोट : मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं । घरेलु मैदानमा जारी आइसिसी टि२० विश्वकप एसिया फाइनल क्षेत्र छनोटमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।

मंगलबार भएको आइसिसी टि२० विश्वकप खेलमा पाहुना टोली मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपालले दोस्रो जित निकालेको हो । जितसँगै नेपाल नेटरनरेटका कारण शीर्षस्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएको छ ।

मलेसियाले दिएको १६६ रनको प्रतिस्पर्धात्मक लक्ष्य नेपालले १८ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो ।

नेपालको जितमा कुशल मल्लले अर्धशतकिय पारी खेले । उनले ३४ बलमा २ चौका र ७ छक्काको मद्धतमा ६५ रनको योगदान गरे । राम्रो सुरुवात दिएका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ४९ रनको साझेदारी गरे । भुर्तेल २५ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ४३ रन बनाउँदा क्याच आउट भए । शेखले ३२ रनको योगदान गरे ।

कप्तान रोहित पौडेलले २ रन, सन्दीप जोराले १८ रन  र विवेक यादवले २ रन बनाए ।

मलेसियाका लागि मोहम्मद अमिरले तिन विकेट लिँदा पवनदीप सिंहले एक विकेट लिए ।

यसअघि टियु क्रिकेट मैदानमा टस जितेर आइसिसी टि२० विश्वकप छनोटमा सानदार ब्याटिङ थालेको मलेसियाले २० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन बनाएको थियो ।

मलेसियाका लागि ओपनरद्वय सैयद अजिज र जुबैदी जुल्किफ्लेले पहिलो ओभरका लागि ५८ रनको आक्रामक अर्धशतकिय साझेदारी गरे । अजिजले ४८ बलमा ८ चौका र २ छक्काको मद्धतमा ६८ रनको योगदान गरेका छन् । जुल्किफ्लेले २४ रन जोडे ।

कप्तान फयाज अहमदले ३ रन, विरनदीप सिंहले ४ रन, शर्विन मुनिन्दीले १३ रन, ऐनूल हाफिजले ३ रन, मोहम्मद अमिरले ८ रन, विजय उन्नीले १३ रन, स्याजरुल इद्रुसले ७ रन, फित्री शामले ६ रनको योगदान गरे ।

नेपालका लागि अविनाश बोहराले चार विकेट लिँदा सन्दीप लामिछाने, गुलसन झा र रोहित पौडेलले समान एक/एक विकेट लिए ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो । यस प्रतियोगितामा नेपालसहित कुल आठ टिम सहभागी छन् । जसलाई प्रत्येक समूहमा चार टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ ।

आइसिसी टि२० विश्वकप छनोटमा नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै सिंगापुर, मलेसिया र ओमान छन् । नेपालले समूह चरणको अन्तिम खेल कात्तिक १६ गते ओमानसँग खेल्नेछ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker