२७ मंसिर २०८१, बिहीबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
मुगुको सामूहिक हत्या प्रकरण : चारवटै शवको पोष्टमार्टम आज आइतबार हुने - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारसुरक्षा/अपराधस्थानीय तह

मुगुको सामूहिक हत्या प्रकरण : चारवटै शवको पोष्टमार्टम आज आइतबार हुने

सुर्खेत ।  मुगुकाे छायाँनाथ रारा नगरपालिका–६ मन्दुमा हत्या गरिएका चारैजनाको शवको पोस्टमार्टम आइतबार हुने भएको छ।

मुगुका प्रहरी प्रमुख, नायब उपरीक्षक वीरेन्द्र थापाले गाउँबाट शव उठाएर सदरमुकाम गमगढी ल्याएको र आइतबार नै पोष्टमार्टम गर्न लागेको जानकारी दिए।

छायाँनाथ रारा नगरपालिका–६, का वडाध्यक्ष खेमबहादुर रावलका अनुसार श्रीदेवीका श्रीमान दीपक घर आइसकेपछि शव उठाइएको हो। कतारमा रहेका दीपक घटना घटेपछि शुक्रबार साँझ नै कतारबाट हिँडेका थिए।

उनी काठमाडौंबाट नेपालगञ्ज विमानस्थल र त्यहाँबाट जहाजमै शनिबार बिहान ११ बजे घर पुगेका थिए।

शुक्रबार मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा र छोरा ११ वर्षीय मनोज, छोरी ८ वर्षीया अप्सरा र छोरा ८ महिनाका रहरको शव घरभित्रै फेला परेको थियो। धारिलो हतियार प्रयोग गरी उनीहरुको हत्या भएको प्रहरीको अहिलेसम्मको अनुसन्धानले देखाएको छ।

मृतक श्रीदेवी छोराछोरीसहित ७ गते नै दशैँको टीका थाप्न माइती गाउँ कोटिल्ला गएकी थिइन्। माइतीबाट टीका लगाएर उनी ८ गते बेलुका नै घर फर्किएकी थिइन्।  सोही राति सामूहिक हत्या गरिएको बताइएको छ।

घटना ८ गते बुधबार साँझ नै घटे पनि प्रहरीलाई भने शुक्रबार बिहान ११ बजे मात्रै खबर भएको थियो।  गाउँलेले बिहीबार बिहानैदेखि घर बाहिर ताला लगाएको देखेका थिए। शुक्रबार बिहान पनि ताल्चा लगाइएको देखेपछि स्थानीयले सोधिखोजी गरेका थिए। माइतीले फर्किसकेको बताएपछि उनीहरूले घरको ताला फोडेका थिए।

घरभित्र चारैजना मृत अवस्थामा भेटेपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए। कुकुर सहितको अनुसन्धान टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ भने प्रदेश प्रहरी कार्यालयको अनुसन्धान विशेष टोली पनि अनुसन्धानमा सक्रिय छ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button