१८ मंसिर २०८०, सोमबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
महासचिव विप्लवद्वारा सहिद कुशलका बुवा बीरबहादुरको निधनप्रति श्रद्धाञ्जली व्यक्त
Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारविचार दृष्टिकोणसुरक्षा/अपराध

महासचिव विप्लवद्वारा सहिद कुशलका बुवा बीरबहादुरको निधनप्रति श्रद्धाञ्जली व्यक्त

कपिलवस्तु । जनयुद्धको क्रममा सहिद भएका कुशलका बुवा बीरबहादुर बिश्वकर्माको असामयिक रुपमा भएको निधनप्रति नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले पार्टीको झण्डा ओढाउदै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

कपिलवस्तुको शिवगढी वडा न ९ बिजगौरी निवासी वीर बहादुरको निवासमा पुगि महासचिव विप्लवले मृतकप्रती श्रद्धाञ्जली र परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका हुन् ।

बीरबहादुर नेपाल कम्युनिस्ट पार्टीका सदस्य समेत हुन् । उनको आजै दाससंस्कार गरिने र सी जातिको मृत्यु संस्कार अनुसार सम्पुर्ण प्रक्रिया गरिने उनको परिवारिक श्रोतले जानकारी दिएको छ।

६७ बर्षिय वीर बहादुरका तीन भाइ छोरा मध्ये कुशलको जनयुद्धको क्रममा सहादत भैसकेको थियो भने हाल दुई छोराहरु कमल र प्रेम, बुहारीहरु लालकुमारी र दिलमाया, नातिहरु प्रवेश , अनमोल र एलिशा तथा भदै शुष्मा र ज्वाइँ मनबहादुर सी रहेका छन् । उनलाई बिगत लामो समय देखि सुगर, प्रेसर र जण्डिसको समस्या रहेको थियो।

 

 

Nepal Rastra Khabar

Nepal Rastra Khabar is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker