३ चैत्र २०८१, सोमबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
जनकपुरधाममा एक युवकको शव फेला - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारसुरक्षा/अपराधस्थानीय तह

जनकपुरधाममा एक युवकको शव फेला

जनकपुरधाम । जनकपुरधाममा एक युवकको शव फेला परेको छ।

बिहिबार बिहान जनकपुरधाम उपमहानगरपालिका २३ विसपिट्टीदेखि विन्ही जाने बाटोको तल धानबारीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक निरन्जन आवाले जानकारी दिए।

उनका अनुसार बाटोमा केही रगत देखिएको तथा शवमा समेत रगतजस्तो पदार्थ देखिएको भन्दै अनुसन्धान पश्चात थप कुरा भन्न सकिने बताए।

शवको सनाखत हुन नसकेको भन्दै उनले घटना स्थलमा तालिम प्राप्त कुकुरहरुलाई समेत बोलाइएको बताए। प्रारम्भिक चरणमा उनको हत्या भएको हुन सक्ने आशंका गरिएको छ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button