१८ मंसिर २०८०, सोमबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
जिल्ला र पालिका अधिवेशन माघभित्र गर्न नेकपा एमालेको निर्देशन
Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारराजनीतिस्थानीय तह

जिल्ला र पालिका अधिवेशन माघभित्र गर्न नेकपा एमालेको निर्देशन

नेकपा एमालेले पार्टीका जिल्ला तथा पालिका तहका अधिवेशन आगामी माघ मसान्तभित्र सम्पन्न गर्न सम्बन्धित कमिटीलाई निर्देशन दिएको छ।

एमालेको केन्द्रीय संगठन विभागको गत असोज ३० गते बसेको बैठकले प्रदेश कमिटीका अधिवेशन निर्धारित समयमा सम्पन्न भइसकेका हुँदा जिल्ला, स्थानीय तह र वडा तहका कमिटीका अधिवेशन सम्बन्धमा निर्णय लिएको हो।

बैठकले फागुन र चैतमा पार्टी सदस्यता नवीकरणसँगै वडा र टोल कमिटीका अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको विभाग सचिव माधव ढुंगेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

पार्टीका स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख काशीनाथ अधिकारीको अध्यक्षतामा बसेको बैठकले पार्टी सदस्यता प्रमाणीकरण प्रतिवेदन अनुमोदन गरेको छ।

सोअनुसार भारत प्रवास र अन्तर्राष्ट्रिय कमिटीमातहतका सदस्यबाहेक पार्टीका साढे पाँच लाख सदस्यहरूको सदस्यता प्रमाणीकरण भएको छ।

विभागले पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहाेरा, विभागका पूर्वप्रमुखसमेतकाे उपस्थितिमा भएको कार्यक्रममा प्राप्त मार्गदर्शनका आधारमा सातबुँदे अन्तरपार्टी निर्देशन दिएको जनाएको छ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker